पर्थ स्कोचर्सलाई हराउँदै मेलबर्न प्लेअफमा, सन्दीपले लिए विकेट

बिग बास लिग खेलिरहेका नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स प्लेअफमा पुगेको छ । शनिबार भएको खेलमा पर्थ स्कोचर्सलाई हराउँदै १०औं जितका साथ मेलबर्न लिगका ३ खेल बाँकी छँदै प्लेफमा पुगेको हो ।

११ खेलमा १० जित निकालेको मेलबर्न २० अंकका साथ शीर्ष स्थानमा छ । बाँकी रहेका ३ वटै खेल पराजित भएपनि मेलबर्न प्लेअफमा पुग्ने छ । अब मेबलर्नले सिड्नी सिक्सर्स, एडिलेट स्ट्राइकर्स र ब्रिस्बन हेटसँग खेल्न बाँकी छ ।

१० खेलमा १३ अंक जोडेको सिड्नी सिक्सर्स दोस्रो स्थानमा छ भने ११ अंक जोडेको एडिलेड स्ट्राइकर्स तेस्रो, समान १० अंक जोडेका पर्थ स्कोचर्स र ब्रिस्बन हेट चौथो र पाचौं स्थानमा छन् । ९ अंक जोडेको सिड्नी थन्कर छैठौं स्थानमा छ भने ७ अंक जोडेको होबर्ट हुरिकेन्स सातौं र २ अंक मात्र जोडेको मेलबर्न रेनिगेट्स पुछारमा छ ।

पर्थविरुद्ध सन्दीपले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । सन्दीपले लिअम लिविङ्स्टन बोल्ड गरेका थिए । योसँगै सन्दीप यो सिजन बिग बासमा आफ्नो विकेटसंख्या १२ पु¥याएका छन् ।

प्रतियोगितामा १०औं जित निकाल्ने क्रममा शनिबार घरेलु मैदानमा भएको मेलबर्नले पर्थ स्कोचर्सलाई १० रनले हरायो । मेलबर्नले दिएको १४२ रनको लक्ष्य पछ्याएको स्कोचर्सले २० ओभरमा ९ विकेट गुमाउँदै १३१ रन मात्र बनाउन सक्यो । उसका लागि क्यामरुन बेनक्राफ्टले सार्वधिक ३२ रन बनाए भने कुर्टिस पिटरसनले २० र लिअम लिविङ्स्टनले १८ रनको योगदान दिए ।

स्कोचर्सलाई सस्तैमा रोक्ने क्रममा मेबलर्नका निक माडिन्सनले सर्वाधिक ३ विकेट लिए । यस्तै, सन्दीप लामिछाने, ग्लेन म्याक्सवेल, क्लिन हिन्चिफ र ड्यानिअल वारलले समान १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको मेलबर्नले हिल्टन क्याटराइटको नटआउट ५८ रनको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनायो । क्याटराइनले ५६ बल खेल्दै ७ चौका प्रहार गरे । कप्तान ग्लेन म्याक्सेवले २५ र निक लरकिनले २४ रन बनाए । स्कोचर्सका म्याथु केलीले सर्वाधिक ३ विकट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.