सिड्नीलाई हराउँदै सन्दीपको टिम मेलबर्न बिग बासको फाइनलमा

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने आबद्ध रहेको टिम मेलबर्न स्टार्स बिग बास लिगको फाइलनमा प्रवेश गरेको छ । बिहीबार भएको च्यालेन्जर्स खेलमा सिड्नी थन्डरलाई २८ रनले हराउँदै मेलबर्न फाइलनमा पुगेको हो ।

अहिलेसम्म बिगबासमा उपाधि बिहीन रहेको मेबलर्नको यो लगातार दोस्रो फाइलन यात्रा हो । अघिल्लो सिजन स्टार्स मेलबर्न रेनिगेट्सँग फाइलनमा पराजित भएको थियो ।

यो सिजन मेलबर्नले उत्कृष्ट प्रदर्शन गरिहेको छ । उसले लिग चरणमा १० खेल जित्दै शीर्ष स्थानका साथ क्वालिफायरमा स्थान बनाएको थियो । तर, क्वालिफायरमा सिड्नी सिक्सर्ससँग पराजित भएपछि मेबलर्नले स्टार्सले पुनः सिड्नी थन्डरसँग खेल्नु परेको थियो । अब मेलबर्नले उपाधिका लागि सिड्नी सिक्सर्स सँग शनिबार खेल्ने छ ।

लिग चरणमा सन्दीपले पनि मेबलर्नका लागि उत्कृष्ट प्रदर्शन गरे । सन्दीपले १३ खेलमा १५ विकेट लिएका थिए । उनको यो फ्रेन्चाइज लिगको सबैभन्दा बढी विकेट पनि हो । लिग चरण सकिएलगत्तै सन्दीप विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अमेरिका र ओमानसँगको क्रिकोणात्मक सिरिज खेल्न नेपाल आएका थिए ।

पहिलो ब्याटिङ गर्दै मेलबर्नले दिएको १९५ रनको विशाल लक्ष्य पछ्याएको सिड्नी थन्डर २० ओभरमा ८ विकेट गुमाउँदै १६६ रनमात्र बनाउन सक्यो । सिड्नीका लागि एलेक्स रोसले ५८ रन जोड्दा अर्जुन नाइरले ३० रन बनाए । यस्तै उस्मान ख्वाजाले २३ रन बनाउँदा क्रिस मोरिसले २१ रन बनाए ।

मेलबर्नक हरिस राउफले ३ विकेट लिए भने एडम जाम्पा र नाथन कल्टर नाइलको नाममा २–२ विकेट रह्यो ।

टस जितेर पहिला ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा २ विकेटको क्षतिमा १९४ रन बनायो । मेलबर्नका लागि निक लरकिन र मार्कस स्टोइनिसले अर्धशतकीय योगदान दिए । दुवै समान ८३ रन बनाए ।

स्टोइनिसले ५४ बलमा ७ चौका र ३ छक्का प्रहार गरे भने लरकिनले ४९ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गरे । सिड्नीका क्रिस मोरिसले २ विकेट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.