लिगको अन्तिम खेलम मेबलर्नलाई १८७ रनको लक्ष्य, सन्दीपले लिए विकेट

अस्ट्रेलियामा जारी बिग बास लिगको लिग चरणको अन्तिम खेलमा सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले जितका लागि १८७ रनको लक्ष्य पाएको छ । मेबलर्नमा जारी खेलमा पहिला ब्याटिङ गर्दै ब्रिस्बन हेटले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनाउँदै मेलबर्नलाई ठूलो लक्ष्य दिएको हो ।

ब्रिस्बनले ठूलो लक्ष्य बनाए पनि नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानले उत्कष्ट बलिङ गरे । उनले ४ ओभरमा १६ दिएर १ विकेट लिए । सन्दीपले पहिलो ओभरमा ३ रन दिएका थिए भने दोस्रो ओभरमा पनि ३ रन नै दिए ।

तेस्रो ओभरमा सन्दीपले ५ रन खर्चेर १ विकेट लिए । उनले चौथो बलमा क्रिस लिनलाई बेन लरकिनबाट क्याच आउट गराएका थिए । अन्तिम ओभरमा सन्दीपले ५ रन दिए । उनले ४ ओभरमा ९ टडबल गर्दा कुनै पनि बाउन्ड्री दिएनन् । सन्दीपले १३ खेलमा कुल १५ विकेट लिएका छन् ।

ब्रिस्बन हेटका लागि एबी डे भिलियर्सले सर्वाधिक ७१ रन बनाए । उनले ३७ बल खेल्दै २ चौका र ७ छक्का प्रहार गरे । यस्तै कप्तान क्रिस लिनले ३४, मार्नस लाबुसेङले २४ र बेन कटिङले २२ रन बनाए । भिलियर्स र लाबुसेङले पाचौं विकेटका लागि नटआउट ७० रनको साझेदारी गरे ।

मेलबर्नका एडम जम्पाले सार्वधिक ३ विकेट लिए भने सन्दीप र दिलबर हुसेनले १–१ विकेट लिए । आजको खेलमा पराजित भएपनि मेबलर्न शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुग्ने छ भने ब्रिस्बनलाई प्लेअफ आशा जिवितै राख्न मेलबर्न र अर्कै खेल पनि जित्नै पर्ने हुन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.