सिड्नी सिक्सर्सविरुद्ध सन्दीपको मेलबर्नको उत्कृष्ट ब्याटिङ, स्टोइनिसले खेले १४७ रनको इनिङ

बिग बास लिगमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले उत्कृष्ट ब्याटिङ गरेको छ । मेबलर्न क्रिकेट मैदानमा जारी खेलमा मेलबर्नले पहिला ब्याटिङ गर्दै सिड्नी सिक्सर्सलाई २२० रनको विशाल लक्ष्य दिएको छ ।

मेलबर्नले विशाल लक्ष्य बनाउने क्रममा ओनपर मार्कस स्टोनिसले १४७ रनको विस्फोटक इनिङ गरे । नटआउट रहेका उनले ७९ बल खेल्दै १३ चौका र ८ छक्का प्रहार गरे । यस्तै हिल्टन क्याटराइटले पनि अधर्शतकीय योगदान दिए । उनले ४० बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५९ रन बनाए । उनी मेलबर्नको एकमात्र विकेटका रुपमा टम कुरानको बलमा क्याच आउट भए ।

स्टोनिइसले र क्याटराइटले पहिलो विकेटका लागि १९.१ ओभरमा २०७ रनको विशाल साझेदारी गरे । यो टि–२० क्रिकेटको ठूलो साझोदारीमा ७औं स्थानमा छ । यो सूचीमा शीर्ष स्थानमा अफगानिस्तानका हज्रतुल्लाह जजाई र उस्मान घानीलेको २३६ रनको साझेदारी छ । पहिलो विकेटका लागि भने चौथो ठूलो साझेदारी हो ।

आजको खेलमा सिड्नी सिक्सर्सलाई पराजित गरे मेलबर्नले शर्ष स्थानमा ४ अंकको स्पष्ट अग्रता बनाउने छ । अहिले मेलबर्नको ८ खेलमा १४ अंक छ भने दोस्रो स्थानमा रहेको सिड्नीको १२ अंक छ ।

बिग बास लिग खेलिरहेका नेपाली युवा लेगस्पिनर सन्दीपले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले ७ खेलमा ८ विकेट लिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.