सन्दीप र म्याक्वेल चम्किँदा मेलबर्न स्टार्सको सानदार जित

नेपाली लेगस्पिनर सन्दीप लामिछाने र कप्तान ग्लेन म्याक्सवेल चम्किएपछि बिग बास लिगमा मेलबर्न स्टार्सले ७औं जित निकालेको छ । शुक्रबार डकल्यान्डको भएको मेलबर्न डर्बीमा सन्दीप बलिङमा र म्याक्सवेल ब्याटिङमा चम्किएपछि स्टार्सले रेनिगेट्सलाई ७ विकेटले हरायो ।

मेलबर्न डर्बीमा स्टार्ससको यो लगातार दास्रो जित हो । यसअघि पहिलो डर्बीमा पनि स्टार्स ८ विकेटले विजयी भएको थियो । यो जितसँगै स्टार्सले शीर्ष स्थानमा २ अंकको स्पष्ट अग्रता लियो । ८ खेलमा उसले ७ जित निकाल्दै १४अंक जोडेको छ । १२ अंक जोडेको सिड्नी सिक्सर्स दोस्रो स्थानमा छ ।

पहिला ब्याटिङ गर्दै रेनिगेट्सले दिएको १६९ रनको लक्ष्य स्टार्सले ८ बल बाँकी छँदै ३ विकेट गुमाउँदै भेट्टायो । स्टार्सको जितमा म्याक्सवेलले विस्फोटक ब्याटिङ गरे । उनले ४५ बलमा १ चौका र ७ छक्का प्रहार गर्दै नटआउट ८५ रन बनाए ।

यस्तै, हिल्टल क्याटराइटले ३५ रन बनाउँदा निक लरकिनले ३३ रन बनाए । म्याक्सवेल र लरकिनले चौथो विकेटका लागि नटआउट ११५ रनको साझेदारी गर्दै टिमलाई सहज जित दिलाए । रेनिगेट्सका स्मिथ पेटल, रिचार्ड ग्लिसन र क्यामरुन बोइसले समान १ विकेट लिए ।

डकल्यान्डमा भएको खेलमा रेनिगेट्सले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन बनायो । उसका लागि सउन मार्सले सार्वधिक ६३ रन बनाए । उनले ४३ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।

यस्तै, मार्कस ह्यारिसले ३२ बलमा ४२ रन बनाए भने वेबस्टरले २५, टम कुपरले १५ र कप्तान डान क्रिस्टियनले १२ रन बनाए । पहिलो विकेटका लागि मार्स र ह्यारिसले ८६ रनको साझेदारी गर्दै रेनिगेट्सलाई सुखद सुरुवात दिलाएका थिए ।

बिग बास लिगको दोस्रो मेलबर्न डर्बीमा पनि नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने चम्किएका छन् । डकल्यान्डमा जारी खेलमा सन्दीपले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । यसअघि पहिलो ‘मेलबर्न डर्बी’मा पनि सन्दीपले २६ रन खर्चेर ३ विकेट लिएका थिए ।

सन्दीपले आफ्नो तेस्रो ओभरको तेस्रो बलमा क्रिजमा जमिरहेका सउन मार्सलाई कट एण्ड बोल्ड गरेका थिए भने अन्तिम ओभरको पहिलो बलमा बेउ वेबस्टरलाई विकेट किपर सेव गोचबाट क्याच आउट गराएका थिए । योसँगै सन्दीपले ७ खेलमा ८ विकेटका लिएका छन् ।

स्टार्सका लागि सन्दीपका अलावा नाथन कुल्टर नाइलले पनि २ विकेट लिँदा ह्यारिस रउफले १ विकेट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.