सन्दीप चम्किँदा मेलबर्नको सानदार जित, नवौं जितसँगै मेलबर्न प्लेअफ नजिक

बिग बास लिगमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले पुनः एकपटक आफूलाई प्रमाणित गरेपछि उनको टिम मेलबर्न स्टार्सले सानदार जित हात पारेको छ । बुधबार क्यानबेरामा भएको खेलमा मेबलर्नले पर्थ स्कोचर्सविरुद्ध ८ विकेटको जित निकाल्यो ।

क्याबेरामा सन्दीपले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा १ मेडनसहित ७ रन खर्चेर २ विकेट लिए । उनले पहिलो ओभरमा ३ रन दिएका थिए भने दोस्रो ओभरमा पनि ४ रन मात्र दिए । तस्रो ओभरमा भने सन्दीपले मेडन २ विकेट लिए ।

सन्दीप १३औं ओभरको तस्रो र चौथो बलमा विकेट लिएका थिए । उनले क्रिस जोर्डनलाई बेन डंकबाट क्याच आउट गराएका थिए भने जेइ रिचर्डसनलाई क्लिन बोल्ड गरेका थिए । स्कोचर्स्विरुद्धको २ विकेटसँगै सन्दीपले ९ खेलमा ११ विकेट लिएका छन् ।

पर्थ स्कोचर्सले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको मेबलर्नले १२ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । मेबलर्नका लागि मार्कस स्टोइनिसले सर्वाधिक ३९ रन बनाए भने हिल्टन क्याटराइटले १९ रन बनाए । यस्तै विकेट किपर सेब गोचले १४ रन बनाए । स्कोचर्सका फवाद अहमद र कप्तान मिचेल मार्सले समान १ विकेट लिए ।

बिग ब्यास लिगमा नवौं जित निकाल्दै मेलबर्न प्लेअफ नजिक पुगेको छ । १० खेलमा ९ जितका साथ १८ अंक जोड्दै मेलबर्न शीर्ष स्थानमा छ । बाँकी चारमध्ये १ खेलमात्र जित निकाले मेलबर्न प्लेअफमा पुग्ने छ । सिड्नी सिक्सर्स १२ अंक जोड्दै दोस्रो स्थानमा छ भने समान १० अंक जोडेका ब्रिसबन हेट र पर्थ स्कोचर्स क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

मेलबर्न स्टार्सले उत्कृष्ट बलिङ गरेपछि पर्थ स्कोचर्स १३.५ ओभरमा अलआउट हुँदै ८६ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर जोस इंग्लिसले सर्वा्धिक ३७ रन बनाए भने क्यामरुन बेनक्राफ्टले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

स्कोचर्सलाई सस्तैमा समेट्ने क्रममा मेलबर्नका सन्दीपका अलावा ज्याक्सन कोलम्यानले सार्व्धिक ३ विकेट लिए । उनले ३ ओभरमा १६ रन खर्चिए । यस्तै, नाथन कुल्टर नाइल, ह्यारिस रउफ र कप्तान ग्लेन म्याक्सवेलले समान १ विकेट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.