मेलबर्न डर्बीमा सन्दीपको टिमले पहिला बलिङ गर्दै

अबको केही बेरमा सुरु हुने बिग ब्यास लिगको मेलबर्न डर्बी भिड्न्तमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले पहिला बलिङ गर्दै छ ।  रेनिगेट्सले ३ ओभरको समाप्तिमा विनाक्षति २७ रन बनाएको छ ।

मेबलर्नमा हुने खेल कप्तान ग्लेन म्याक्सवेलले टस जितेर फिल्डिङ रोजेपछि स्टार्सले पहिलो बलिङ गर्न लागेको हो । बिग ब्यासमा स्टार्सले ३ मध्ये १ खेलमा जित हात पारेको छ । यता मेलबर्न रेनिगेड्सले भने २ जित र १ हारको सामाना गरेको छ ।

को–को परे स्टार्सको प्लेइङ ११ मा ?
मेलबर्न डर्बीमा स्टार्सको टिमको कप्तान ग्लेन म्याक्सवेलले गर्ने छन् । यस्तै टिमका अन्य खेलाडीमा नेपालका सन्दीप लामिछानेसँगै बेन डंक, निक लार्किन, मार्कस स्टोइनिस, एडम जम्पा, सेव गोच, ड्वायन ब्राभो, इभान गुल्बिस, स्कट बोलान्ड र जोनाथन मेर्लो छन् । स्टार्सको टिममा मेर्लो, बोलान्ड र गोच पहिलो पटक परेका हुन् ।

मेलबर्न डर्बीमा रेनिगेड्सको प्लेइङ सेट : 
टम कुपरको कप्तानीमा मेलबर्न डर्बीमा रेनिगेड्स मैदान उत्रने छ । टिमका अन्य सदस्यमा क्यामरुन ह्वाइन, महोम्मद नाबी, म्याकेन्जी हार्भी, बेयु वेब्स्टर, डेन क्रिस्टियन, केन रिचर्डसन, उस्मान सिन्वारी, क्यामरुन बोइस, साम हार्पर र ज्याक वाइल्डरमुथ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP