रउफको ह्याटिकमा सन्दीपको टिम शीर्ष स्थानमा

पाकिस्तानी फास्टबलर ह्यारिस रउफले ह्याट्रिक लिएपछि बिग बास लिगमा छैठौं जित जिकाल्दै नेपाली युवा लेगस्पिर सन्दीप लामछिानेको टिम मलबर्न स्टार्स शीर्ष स्थानमा उलिक्एको छ । बुधबार मेलबर्नमा भएको खेलमा रउफ, ग्लेन म्याक्सवेल र मार्कस स्टोइनिस चम्किएपछि मेबलर्न स्टार्सले सिड्नी थन्डरलाई ६ विकेटले हरायो ।

७ खेलमा ६ जित र १ हार बेहोरोको मेलबर्नले १२ अंक जोडेको छ । सिड्नी सिक्सर्सलाई रनरेटमा पछि पार्दै मेलबर्न शीर्षस्थानमा उक्लिएको हो । तर, सिड्नीले ८ खेल खेलेको छ । यस्तै, ७ खेलमा ७ अंक नै जोडेको एडिलेड स्ट्राइकर्स तेस्रो स्थानमा छ भने सिड्नी थन्डर पछि ७ अंककै साथ चौथो स्थानमा छ ।

मेबलर्नले सानदार जित निकालेको खेलमा सन्दीप भने विकेट बिहीन बने । बुधबार भएको खेलमा सन्दीपले ४ ओभरमा ३९ रन खर्चिए । यसअघि सन्दीपले ५ खेलमा ६ विकेट लिएका थिए । यो सिजन सन्दीप विकेटबिहीन बनेको यो दोस्रो खेल हो । होबर्ट हुरिकेन्सविरुद्ध पनि सन्दीप उनी विकेटबिहीन बनेका थिए ।

सन्दीपले पहिलो खेलमा ब्रिस्बन हेटविरुद्ध ३८ रन खर्चेर १ विकेट लिएका थिए भने दोस्रो खेलमा होबर्ट हुरिकेन्सविरुद्ध १९ रन खर्चेर १ र एडिलड स्ट्राइकर्सविरुद्ध १५ रन खर्चेर १ विकेट लिएका थिए । चौथो खेलमा भने सन्दीप विकेट विहनी बनेका थिए । होबर्टविरुद्ध सन्दीपले २ ओभरमा ११ रन मात्र खर्चिएका थिए । पाचौं खेलमा सन्दीपले पाचौं खेलमा मेलबर्न रेनिगेट्सविरुद्ध २६ रन खर्चेर ३ विकेट लिएका थिए ।

सिड्नी थन्डरले दिएको १४६ रनको लक्ष्य मेबलर्नले १७.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । मेलबर्नलाई सहज जित दिलाउने क्रममा स्टोइनिस र म्याक्सवेलले अर्धशतकीय योगदान दिए । म्याक्सवेलले ३७ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५९ रन बनाए भने स्टोइनिसले ४४ बल खेल्दै ४ चौका र १ छक्काको सहयोगमा ५० रन बनाए ।

यस्तै, निक माडिन्सनले १३ रन बनाउँदा नाथन कुल्टर नाइलले ११ रन बनाए । सिड्नी थन्डरका ड्यानिअल साम्स, जोनाथन कुक र अर्जुन नायरले समान १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको सिड्नी थन्डरले २० ओभरमा ५ विकेट गुमाउँदै १४५ रन बनायो । उसका लागि म्याथु गिल्क्सले सर्वाधिक ४१ रन बनाउँदा कालुम फर्गुसनले ३५, उसमा खवाजाले ३३ र एलेक्स हल्सले २६ रन बनाए ।

थन्डरलाई सस्तेमा रोक्ने क्रममा रउफले ह्याट्रिक लिए । उनले २० औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा क्रमशः गिल्क्स, उनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । उनले ४ ओभरमा २३ रन मात्र खर्चिय । यस्तै, एडम जम्पा र कुल्टर नाइलले समान १ विकेट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.