मुम्बईको लागतार दोस्रो जित, हैदरावाद १३ रनले पराजित

१४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियनसले लगातार दोस्रो जित हात पारेको छ। लगातार दोस्रो खेल जित्ने क्रममा शनिबार राति सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गरेको हो। यो जितसँगै मुम्बई शीर्ष स्थानमा उक्लिएको छ।

मुम्बईले दिएको १५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९.४ ओभरमा अलआउट हुँदै १३७ रन मात्र बनाउन सक्यो। हैदरावादका लागि जोनी बेइस्टो सर्वाधिक ४३ रन बनाए भने कप्तान डेभिड वार्नरले ३६ र विजय शंकरले २८ रन जोडे । मुम्बईका ट्रेन्ट बोल्ट र राहुल चाहरले समान ३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो । मुम्बईका लागि क्वेन्टन डी ककले सर्वाधिक ४० रन बनाए । यस्तै काएरन पोलार्डले अविजित ३५ रन बनाए बनाउँदा कप्तान रोहित शर्माले ३२ रन बनाए । हैदरावादका विजय शंकर र मुजिब उर रहमानले समान (२ विकेट लिए ।

जितपछि मम्बईले ३ खेलबाट ४ अंक जोडेको छ । उता हैदरावादको खराब प्रदर्शन जारी रहँदा लगातार तेस्रो हार बेहोरेको छ । हैदरावाद अंकविहीन हुँदे पुछारमा छ ।

लिगमा आज दुई खेल हुँदैछ । दिउँसो ३ः४५ बजे सुरु हुने खेलमा रोएल च्यालेन्जर्स बेंगलोर र कोलकता नाइट राइडर्स तथा बेलुका ७ः४५ बजे सुरु हुने खेलमा दिल्ली क्यापिटल्स र पञ्जाव किंग्स भिड्नेछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.