
आईपिएलमा मुम्बई र चेन्नईको लगातार चौथो हार
इन्डियन प्रियिमर लिग (आईपिएल)कै सबैभन्दा सफल टिम हुन्, मुम्बनई इन्डियन्स र चेन्नई सुपरकिंग्स । तर, यो सिजन उनीहरुले पुरानो लय समात्न सकेका छैनन् । खराब प्रदर्शन गरिरहेका दुवै टिमले हारको यात्रालाई निरन्तरता दिएका छन्।
प्रतियोगितामा लागतार चौथो हार बेहोर्ने क्रममा शनिबार राति मुम्बई रोयल च्यालेन्जसए बैंग्लोर र चेन्नई सनराइजर्स हैदरावादसँग पराजित भए । पहिलो खेलमा चेन्नई ८ विकेटले पराजित हुँदा मुम्बई दोस्रो खेलमा ७ विकेटले पराजित भयो।
मुम्बईले दिएको १५२ रनको लक्ष्य बैंग्गलोरले १८.३ ओभर खेल्दै ३ विकेट गुमाएर भेट्टायो । उसका लागि युवा खेलाडी अनुज रावतले ४७ बल खेल्दै २ चौका र ६ छक्का प्रहार गर्दै ६६ रन बनाए । यस्तै विराट कोहलीले ४८ रनको योगदान दिए । मुम्बईका जयदेव उनादकाट र डेवाल्ड ब्रेभिसले समान एक विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले सूर्यकुमार यादवले अर्धशतकमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो । उनले ३७ बल खेल्दै ५ चौका र ६ छक्का मद्दतमा अविजित रहँदै ६८ रन बनाए भने कप्तान रोहित शर्मा र विकेटकिपर इशान किसनले समान २६ रन जोडे । बैंगलोरका लागि वानिन्दु हसरंगा र हर्सल पटेलले समन २ विकेट लिए।
यता, डिफेन्डिङ च्याम्पियन चेन्नईले दिएको १५५ रनको लक्ष्य हैदरावादले १७.४ ओभरमा २ विकेट मात्र गुमाएर भेट्टायो । उसका अभिषेक शर्माले ७५ रनको उत्कृष्ट इनिङ खेल्दा राहुल त्रिपाठीले अविजित ३९ र कप्तान केन विलियम्सनले ३२ रन बनाए । चेन्नईका मुकेश चौधरी र ड्वायने ब्राभोले समान १ विकेट लिए।
पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १५४ रन बनायो । चेन्नईका मोइन अलीले ४८ रन बनाउँदा अम्बाती रायडुले २७ तथा कप्तान रविन्द्र जडेजाले २३ रन बनाए । हैदरावादका थंगरसन नटराजन र वासिंगटन सुन्दरले समान २ विकेट लिए ।
बैंगलोर चार खेलबाट ६ अंक जोड्दै बेंगलोर तेस्रो स्थानमा उक्लेको छ । कोलकता नाइट राइडर्स र गुजरात टाइटन्सको पनि ६ अंक रहे पनि नेट रनरेट बैंग्लोर पछि छ।
पहिलो जित निकालेको हैदरावाद २ अंहसहित पुछारबाट तेस्रो स्थानमा उक्लिएको छ । लगातार चार खेल हारेका मुम्बई र चेन्नई पुछारमा छन्।