आईपिएलमा फर्कँदै स्टार्क

Read Time:2 मिनेट

अस्ट्रेलियन तिब्रगतिका बलर मिचेल स्टार्क इन्डियन प्रिमियर लिगमा फर्कने भएका छन्। अघिल्लो सिजन आईपिएल अक्सनबाट अन्तिम समयमा नाम फिर्ता लिएका स्टार्क यो पटक अक्सनमा सहभागी हुनेछन्।

केही समयपछि हुने मेगा अन्सनमा स्टार्कमाथि बोली लागि उनले ६ वर्षपछि आईपिएलमा पुनरागमन गर्नेछन्। एक विज्ञप्ति मार्फत स्टार्कले आफूले आईपिएल खेल्ने जनाएका छन् । तर, उनले यो नै अन्तिम फैसला नभएको पनि उल्लेख गरेका छन् । उनले केही दिनमै अन्तिम निर्णय गर्ने बताएका छन्। उनले आसन्न टि–२० कपलाई मध्यनगर गर्दै आईपिएल खेल्ने चाहेको बताएका छन्।

३१ वर्षीय स्टार्कले अन्तिम पटक सन् २०१५मा रोयल च्यालेन्जर्स बैंग्लोरबाट आईपिएल खेलेका थिए। सन् २०१८मा कोलकाताले उनलाई ९ करोडमा ४० लाख भारुमा किनेको थियो, तर चोटका कारण उनले प्रतियोगिता गुमाएका थिए।

स्टार्कले आईपिएलमा २७ खेल खेल्दै ७.१७को इकोनोमीमा ३५ विकेट लिएका छन्। उनले ९६ रन पनि बनाएका छन्।

अहिले भने स्टार्क उत्कृष्ट फर्ममा छन्। त्यसैकारण मेगा अक्सनमा सहभागी भए उनलाई भित्र्याउन थुप्रै क्लबले बोली लगाउने पक्का छ। अहिले घरेलु मैदानमा एसेस सिरिज खेलिरहेका स्टार्क चार टेस्टमा १५ विकेट लिएका छन्।

स्टार्क एकदिवसीयमा सर्वाधिक छिटो एक सय र दुई सय विकेट लिने बलर हुन्। सन् २०१५को विश्वकपको प्लेयर अफ दी टुर्नामेन्ट बनेका स्टार्कले सन् २०१९को विश्वकपमा सर्वाधिक २७ विकेट लिएका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post टाइगर्स कप भलिबल : महिलातर्फ विभागीय टिम विजयी
Next post भारोत्तोलनमा सञ्जु र जुनुमायाले बनाए नयाँ कीर्तिमान
Close