स्टार्क चम्किँदा एकदिवसीय सिरिजमा अस्ट्रेलियाको विजयी सुरुआत

अस्ट्रेलियाले वेस्टइन्डिजविरुद्धको तीन एकदिवसीय सिरिजमा विजयी सुरुआत गरेको छ। बुधबार राति केन्सिङ्टन ओभरमा भएको खेलमा अस्ट्रेलियाले वेस्टइन्डिजमाथि १३३ रनको जित निकाल्दै सिरिजनमा विजयी सुरुआत गरेको हो।

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले कप्तान एलेक्स क्यारीको ६७ रनको मद्दतले ४९ ओभरमा नौ विकेट गुमाएर २५२ रन बनाएको थियो । सर्वाधिक ६७ रन बनाएका क्याले ८७ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

यस्तै, एस्टन टनरले ४९, जोस फिलिप्सले ३९ रनको योगदान दिए । वेस्टइन्डिजका अकेन हुसेन र अल्जारी जोसेफले समान २ विकेट लिए।

वर्षाले प्रभावित खेलमा २५३ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले २६.२ ओभरमा सबै विकेट गुमाएर १२३ रन मात्रै बनाउन सक्यो । उसका केइरन पोलार्डले ५० रन बनाए भने हेडन वाल्सले २० र जोसेफले १७ रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्।

वेस्टइन्डिजको इनिङ ध्वस्त बनाउने क्रममा अस्ट्रेलियाका लागि माइकल स्टार्कले घातक बलिङ गरे । उनले ८ अ‍ोभरमा ४८ रन दिएर पाँच विकेट लिए । यस्तै जोश हेजलउडले ३ विकेट लिए।

Facebook Comments Box