एमएम कपको लाइभ एक्सन स्पोर्ट्सबाट

मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता (एमएम कप)को प्रत्यक्ष प्रशारण हुने भएको छ। तेस्रो संस्करणको एमएम कपको प्रत्यक्ष प्रशारण यो पटक एक्सन स्पोटर्सबाट हुने भएको छ ।

सोमबार एक कार्यक्रमबीच प्रत्यक्ष प्रशारण सम्बन्धी सम्झौता पत्रमा हस्तार भयो । सम्झौता पत्रमा एमएम कपका निर्देशक विप्लव घोष र ओइपिएलका अध्यक्ष दयाराम पाण्डेले हस्ताक्षर गरे। एक्सन स्पोर्टस् ओइपिएलले सञ्चालन गरेको च्यालन हो।

अघिल्ला दुई संस्करण सुनसरीको इनरुवास्थित इनरुवा रंगशालामा भएको थियो, यो पटक भने एमएम कपम कीर्तिपुरस्थित टियू मैदान र मुलपानी क्रिकेट रंगशालामा हुने छ । प्रतियोगिता फागुन २५ गतेबाट सुरु गर्ने तयारी आयोजकको छ।

एमएम कपमा १० टिम सहभागी हुने छन् । जसमा प्रदेशका ७ र ३ विभागीय टिम छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.