एमएम कप : कर्णालीविरुद्ध पुलिस २६७ रनले विजयी

नेपाल पुलिस क्लबले मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशमाथि दुई सय ६७ रनको कीर्तिमानी जित निकालेको छ ।

इनरुवा क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको पुलिसले ४९.३ ओभरमा सबै विकेट गुमाएर ३ सय ४६ रनको विशाल योगफल खडा ग¥यो । प्रत्युत्तरमा कर्णालीका ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न नसक्दा सो टोली २७.१ ओभरमा ७९ रनमै अलआउट भयो । पुलिसको बलिङ इनिङ्समा कुशलले १.१ ओभरमा एक रन खर्चेर एक विकेट लिए । यसैगरी, ललित भण्डारी, मञ्जित श्रेष्ठ र सागर ढकालले समान दुई विकेट लिए ।

कर्णालीको फितलो ब्याटिङ इनिङ्समा सात ब्याट्सम्यानले दोहोरो रनसमेत बनाउन सकेनन् । दुई ब्याट्सम्यान डक आउट भए । यसैगरी, दुई ब्याट्सम्यान नै एक रनमा रोकिए । सो इनिङ्समा राज साहले सर्वाधिक २३ रनको योगदान दिए । ढकालको ओभरमा आउट हुनुअघि उनले १४ बलमा तीन छक्का प्रहार गरेका थिए ।

यसैगरी, हेमन्त ओली र दिवान पुनले समान १० रन बटुले । टेक मगरले दोस्रो व्यक्तिगत सर्वाधिक १४ रन बनाएका थिए । पुलिसको मजबुत ब्याटिङ लाइनअपमा दुई ब्याट्सम्यानले अर्धशतकीय इनिङ्स खेल्न सफल भए ।

ओपनर सुनील धमला र कुशलले अर्धशतक बनाउँदा पुलिसले कर्णालीविरुद्ध विशाल योगफल तेहे¥याएको हो । सुनीलले ९५ बलमा ६ चौका र एक छक्का प्रहार गरी ७० रन बनाए ।

इनिङ्सको ३०.५ ओभरमा सुनीलले आफ्नो विकेट गुमाएका थिए । सुनीलले पहिलो विकेटका लागि अमित श्रेष्ठ (२९)सँग ६९ रनको साझेदारी गरेका थिए । त्यसपछि कुशलले सातौँ क्रममा ब्याटिङ गरी ७८ रन जोडे । उनले ४९ बलमा पाँच छक्का र सात चौका प्रहार गरेका थिए ।

इनिङ्सको ४६.१ ओभरमा कुशल आउट भए । पुलिसको मध्यक्रम ब्याटिङ त्यतिकै बलियो देखियो । सातौँ विकेटसम्म पुलिसका ब्याट्सम्यानले गतिलो योगदान दिए । दीपेन्द्रसिंह ऐरीले २९ रन, अनिल शाहले ३६ रन र ललित भण्डारीले २७ रनको योगदान दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP