मोइन अलीलाई टेस्ट टिममा बोलाइयो

अलराउन्डर मोइलन अलीलाई वेल्स तथा इंग्ल्यानड क्रिकेट बोर्डले भारतविरुद्धको दोस्रो टेस्टका लागि टिममा बोलाएको छ। बोर्डले बिहीबारबाट सुरु हुने दोस्रो टेस्टका लागि अलीलाई टिममा बोलाएको हो।

इंग्लायन्ड र भारतबीचको दोस्रो लड्समा बिहीबारबाट सुरु हुँदै छ । पहिलो टेस्टमा इंग्लिस टिमले खराब ब्याटिङ प्रदर्शन गरेपछि अलीलाई बोर्डले टिममा बोलाएको हो।

पहिलो टेस्टमा इंग्ल्यान्ड हार नजिक पुगेको थियो, तर वर्षाका अन्तिम दिनको खेल हुन सकेपछि टेस्ट बराबरीमा सकिएको थियो।

अलीले इंग्ल्यान्डका लागि ६५ टेस्ट खेल्दै २८३१ रन बनाएका छन् भने १८९ विकेट लिएका छन्।

इंग्ल्यान्डले बेन स्टोक्स र क्रिस वोक्स नहुँदा अलीलाई विकल्पको रुपमा हेरेको छ ।

Facebook Comments Box