टेस्ट टिममा स्थान नपाएका मोइन अली बने वान डेको उपकप्तान

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले अलराउन्डर मोइन अलीलाई वान डे टिमको उपकप्तानको जिम्मेवारी दिएको छ । जारी वेस्टइन्डिजविरुद्धको टेस्ट सिरिजमा टिमा स्थान बनाउन असफल भएका अलीलाई बुधबार बोर्डले आयरल्यान्डविरुद्धको वान्डे सिरिजका लागि उपकप्तानको जिम्मेवारी दिएको हो ।

आयरल्याण्डविरुद्धको तीन खेलको सिरिजमा इंग्लिस टोलीको कप्तानी इयोन मोर्गनले गर्ने छन् । जो रुट, ब्रेन स्टोक्स र जोस बट्लरलगायतका खेलाडी वान डे टिममा अनुपस्थित भएकाले बोर्डले अलीलाई उपकप्तानको जिम्मेवारी दिएको हो ।

आयरल्यान्डविरुद्धको वान डेसिरिज साउथह्याम्पटनमा जुलाई ३० बाट सिरिज सुरु हुनेछ । कोरानो महामारीपछिको यो पहिलो वान डे सिरिज हो । बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट बोर्डले केही दिनमै टिमको घोषणा गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *