कोरोना मुक्त हुँदै हाफिजसहित ६ पाकिस्तानी खेलाडी इंग्ल्यान्ड जाने

कोरोना संक्रमणबाट मुक्त हुँदै ६ पाकिस्तानी खेलाडी इंग्ल्यान्ड भ्रमणमा जाने भएका छन् । अघिल्लो साता कोरोना देखिएका मोहम्मद हाफिजसहितका ६ खेलाडी कोरोना मुक्त भएपछि उनीहरु इंग्ल्यान्ड जाने भएका हुन् ।

उनीहरुको दोश्रो परिक्षणमा नेगेटिभ आएपछि उनीहरु अर्को साता इंग्ल्यान्ड जाने पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले जानकारी दिएको छ । २० जना खेलाडीसहितको पाकिस्तानी टिम आइतबार इंग्ल्यान्ड पुगिसकेको छ ।

गत साता गरिएको कोरोना परीक्षमा स्टाफसहित १० खेलाडीमा कोरोना संक्रमण देखिएको थियो । ती १० मध्ये ६ खेलाडी टेस्ट र टि–२० सिरिजका लागि आगामी साता इंग्ल्यान्ड जाने भएका हुन् ।
ती खेलाडीमा फखर जमान, मोहमद हसनैन, मोहमद हाफिज, मोहमद रिजवान, शादब खान र वाहब रियाज रहेका छन् ।

टोलीमा पर्न दुई वटा परिक्षण नेगेटिभ हुनपर्ने प्रावधान रहेकोमा सबै ६ जनाको पछिल्लो नतिजा उनीहेगेटिभ आएकोले उनीहरु अब केही दिनमै इंग्ल्यान्ड जाने पिसिबीले जनाएको छ ।

इंग्ल्यान्डमा पाकिस्तानले ३ खेलको टेस्ट र टि–२० सिरिज खेल्ने छ । टेस्ट जुलाई ३० बाट सुरु हुने भने टि–२० सिरिज २९ अगस्टबाट सुरु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *