टि–२० विश्वकपमा अफगानिस्तानको नेतृत्व नावीले गर्ने

युएई र ओमानमा संयुक्त रुपमा आयोजना हुने टि–२० विश्वकपमा अफगानिस्तानको नेतृत्व पूर्वकप्तान मोहम्मद नाबी गर्ने भएका छन्। ररिद खानले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा अफगानिस्तन क्रिकेट बोर्ड (एसिबी)ले नाबीलाई कप्तान बनाएको हो।

विश्वकपका लागि अफगानिस्तन क्रिकेट बोर्डले १८ सदस्यीय टिम घोषणा गरेलगत्तै रसिद खानले कप्तानीबाट राजीनामा दिएका थिए। टिम छनोट प्रक्रियामा आफूलाई सहभागी नगराएका भन्दै रसिदले राजीनामा दिएका थिए।

अलराउन्डर नाबी अफगानिस्तान क्रिकेटका सबैभन्दा सफल कप्तान हुन् । उनकै नेतृत्वमा अफगानिस्तानले टेस्ट मान्यता पाएको थियो। नाबीले सन् २०१३ देखि २०१५सम्म अफगानिस्तानको कप्तानी गरेका थिए। नाबीकै कप्तानीमा अफगानिस्तानले सन् २०१४ टि–२० र सन् २०१५को एकदिवसीय विश्वकप खेलेको थियो।

टि–२० विश्वकप युएई र ओमान संयुक्त रुपमा १७ अक्टोबरदेखि १४ सेप्टेम्बरसम्म आयोजना हुँदैछ। विश्वकपमा अफगानिस्तानले सिधै सुपर १२ खेल्ने छ। ससपर १२ मा अफगानिस्तान समूह २ मा छ । यो समूहमा भारत, पाकिस्तान र न्युजिल्यान्ड पनि छन्।

यस्तो छ विश्वकप खेल्ने अफगानी टिम
मोहम्मद नाबी (कप्तान), हजरतुल्लाह जजाइ, रहमनुल्लाह गुर्बाज, उस्मान घानी, हस्मतुल्लाह साहिदी, अस्गर अफगान, करिम जनत, रसिद खान, शराफुद्दीन असरफ, गुल्वाद्दीन नाबी, मजिब उर रहमान, हामीद हसन, नवील उल हक, सपूर जद्रान, मोहम्मद सेहजाद, डावल्ट जद्रान, क्वेस अहमद । फरिद मलिक र अफ्सर जजाई (वैकल्पिक खेलाडी)

Facebook Comments Box