अफगानिस्तानका मोहम्मद सेहजादले इपिएल खेल्ने

अफगानिस्तानका विस्फोटक ओपनिङ ब्याट्सम्यान मोहम्मद सेहजादले नेपाली फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । उनी दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको चितवन टाइगर्सले अनुबन्ध गरेको छ । सेहजादले चितवनबाट इपिएल खेल्ने पक्का भएपनि औपचारिक घोषणा हुन भने बाँकी छ । उनको अनुबन्ध रकम पनि खुलाइएको छैन ।

दक्षिण अफ्रिकाका पूर्वकप्तान हासिम अमलापछि इपिएल खेल्ने आउने उनी अर्क स्टार क्रिकेटर हुन् । अमलाले इपिएल खेल्ने पक्का भएपनि उनको क्बल भने टुंगो लागेको छैन । यसै सिजनबाट आयोजकले नेपाल अन्य फ्रेन्चाइज लिग खेलका विदेशी खेलाडी इपिएलमा खेल्न नपाउने नियम बनाएपछि नयाँ विदेशी खेलाडीको आगमन भएको हो ।

सेहजादसँगै चितवनले आयरल्यान्डका ओपनर पाउल स्टर्लिङलाई पनि क्लबमा लाएको छ । स्टर्लिङले अघिल्लो सिजन पनि चितवनबाटै इपिएल खेलेको थिए । उनले अघिल्लो सिजन ६ खेलमा १५७ रन बनाएका थिए ।

सेहजादपछिल्लो समय भने अफगानिस्तानको टिममा छैनन् । गतवर्ष इंग्ल्यान्डमा भएको विश्वकप दौरान घाइते भएपछि अफगान टिमबाट बाहिरिएका थिए । त्यसपछि क्रिकेट बोर्डसँग विवादमा आएपछि उनलाई गत अगस्त १८ मा अफगान क्रिकेट बोर्डले १ वर्ष प्रतिबन्ध लगाएको थियो ।

सेहजादले राष्ट्रिय टिमबाट २ टेस्ट, ८४ एकदिवसिय, ६५ टि–२० खेल खेलेका छन् । जसमा उनले टेस्टमा ६९ रन बनाउँदा एकदिवसियमा ६ शतक र १४ अर्धशतक मद्दतमा २७२७ रन बनाएका छन् । यस्तै उनले १ शतक र १२ अर्धशतक मद्दतमा १९३६ रन बनाएका छन् । टि–२०मा उनको उच्च स्कोर ११८ हो । चितवनले अष्ट्रेलियन प्रशिक्षक चाल्र्स बुर्कीलाई ल्याउने भएको छ ।

इपिएलमा यो सिजन इंग्ल्यान्डका लइम प्लुंकेट, वेस्टइन्डिजका ड्वायन स्मिथ, केसरिक विलियम्स तथा श्रीलंकाका उपुल थरंगा र सिकुगे प्रसन्ना पनि आउने चर्चा छ । तर, उनीहरुको आउने ‘कन्फर्म’ भने हुन बाँकी छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.