नेपाली टिमका प्रमुख प्रशिक्षक मोन्टी देशाइ आज बिहान ४ बजे दक्षिण अफ्रिका प्रस्थान गरेका छन्। बुधबार साँझ भीसा आएपछि उनी भारतबाट बिहीबार बिहानै दक्षिण अफ्रिका गएको क्यानले जनाएको छ।
क्यानका अनुसार देसाई आज बेलुकासम्म दक्षिण अफ्रिका पुगिसक्ने छन्। नेपाली टिम भने गत साता नै दक्षिण अफ्रिका पुगेको थियो।
नेपाली टिमले अहिले दक्षिण अफ्रिकामा स्कटल्यान्डसँग अभ्यास खेल खेलिररहेको छ। नेपालले शनिबार नेदरल्यान्ड्ससँग दोस्रो अभ्यास खेल खेल्नेछ ।
त्यसपछि, नेपाल आइतबार जिम्बावे प्रस्थान गर्ने तालिका छ । जिम्बावेमा विश्वकप छनोट खेल्नुअघि नेपालले १३ जुनमा यूएई र १५ जुनमा ओमानसँग वार्मअप खेल खेल्नेछ ।
प्रतियोगिता १८ जुन देखि ९ जुलाइसम्म हुनेछ । नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स समूह ए मा छन्।
समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई छन् । नेपालले १८ जुनमा जिम्बावेसँग खेल्नेछ।