कमलवेल्थ गेम्स : भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो महिला क्रिकेटको स्वर्ण

Read Time:1 मिनेट

इंग्ल्यान्डमा जारी कमनवेल्थ गेम्समा महिला क्रिकेटको स्वर्ण अस्ट्रेलियाले जितेको छ। शनिबार राति भएको फाइनलमा अस्ट्रेलिया भारतमाथि ९ रनको रोमाञ्चक जित निकाल्यो ।

अस्ट्रेलियान महिला क्रिकेट टिमले लागतार जितेको यो चौथो उपाधि हो। यसअघि उसले महिला एसेज, टी–२० र एकदिवसीय विश्वकप जितेको थियो।

बर्मिङ्घममा भएको खेलमा पहिला ब्याटिङ गर्दै अस्ट्रेलियाले दिएको १६२ रनको लक्ष्य पछ्याएको भारत १९.३ ओभरमा अलआउट हुँदै १५२ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान हरमनप्रित कौरले सर्वाधिक ६५ रन बनाइन् । उनले ४३ बलमा ७ चौका र २ छक्का प्रहार गरिन्।

यस्तै, जेमिथ रोड्रिगेजले ३३ रन बनाउँदा दिप्ती शर्माले १३ र सफाली वर्माले ११ रन बनाइन्। अस्ट्रेलियाका अस्लेभ ग्रान्डरले ३ तथा मेगन सटले २ विकेले लिइन्।

यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धातिर ओभरमा ८ विकेटको क्षतिमा १६१ रन बनायो। उसका लागि बेथ मोनीले ६१, मेग लनिङले ३६ र गर्डनर २५ रनको योगदान दिइन्। भारतका रेनुका सिंह र स्नेहा रानाले समान २ विकेट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post घरमै हार्‍यो युनाइटेड, ओल्ड ट्राफोर्डमा ब्राइनटको पहिलो जित
Next post वेस्टइन्डिजविरुद्धको पाँचौं टि–२०मा भारतको सहज जित
Close