धोनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका गरेछन् । धोनीले शनिबार इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा लिने घोषण गरेका हुन् । उनी केही अगाडिबाट मात्र आईपिएलको तयारीका लागि एक वर्षपछि प्रशिक्षणमा फर्किएका थिए ।

३९ वर्षीय विकेटकिपर ब्याट्सम्यान धोनीले अन्तिम पटक सन् २०१९मा इंग्ल्यान्डमा भएको एकदिवसीय विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध खेलेका थिए । त्यसपछि केही महिना आफैं आराम लिने घोषणा गरेपछि धोनीले सन्न्यास लिने चाहेको हल्ला व्यापक चलेको थियो । त्यही क्रममा उनले वेस्टइन्डिज भ्रमण र दक्षिण अफ्रिका विरुद्धको टि–२० सिरिज नखेल्ने घोषणा गरेका थिए ।

त्यसपछि भारतीय टिमका प्रशिक्षक रवि शास्त्री, बिसिसीआईका पदाधिकारीसँगको छलफल पछि धोनीले आईपिएलबाट क्रिकेटबा फर्किने र अस्ट्रेलियामा हुने टि–२० खेलेर सन्न्यास लिने बताएका थिए । तर, कोरोनाका कारण यसैवर्ष हुने भनिएको विश्वकप सरेपछि धोनीले आफ्नो अन्तर्राष्ट्रिय करियर टुंग्याउने घोषणा गरेका हुन् ।

धोनी अहिले सीमित ओभरका प्रतियोगिता मात्र खेलिरहेका थिए । उनले सन् २०१४मा टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए । धोनी भारतीय टिमका सबैभन्दा सफल कप्तान र फिनिसर हुन् । उनको कप्तानीमा भारतले एकदिवसीय र टि–२० विश्वकप, च्याम्पियन्स ट्रफी जितेको छ । उनी ‘क्याप्टेन कुल’का नामले परिचित छन्, धोनीले प्रतिपादन गरेका हेलिकोप्टर सट अहिले अन्तर्राष्टि क्रिकेटमा चर्चित छ ।

शुन्यबाट सुरु भएको थियो अन्तर्राष्ट्रिय करियर

विश्वकै सबैभन्दा उत्कृष्ट फिनिसरका रुमा परिचित धोनीको अन्तर्राष्ट्रिय क्रिकेट करियर शुन्य रनबाट भएको थियो । सो खेल चट्गाउँमा सन् २००४ डिसेम्बर २३मा भएको थियो । त्यसयता उनले ३५० एकदिसवसीय, ९८ टि–२० र ९० टेस्ट म्याच खेलेका छन् ।

धोनीले एकदिवसीयमा ५०.५७को औसतमा १२३०३ रन बनाएका छन् । जसमा १० शतक र ७३ अर्धशतक सामेल छन् । एकदिवसीयमा नटआउट १८३ रनको उच्च स्कोर हो । उनले सन् २००४मा जयपुरमा श्रीलंकाविरुद्ध त्यो इनिङ खेलेका थिए ।

उनले टेस्टमा ४८७६ रन बनाएका छन् भने टि–२०मा १६१७ रन बनाएका छन् । टेस्टमा उनको उच्चस्कोर २२४ हो भने टि–२०मा ५६ रन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *