धोनी पाचौं नम्बरमा उपयुक्त छन् : सचिन

१२औं संस्करणको आईसिसी एकदिवसीय विश्वकप क्रिकेट मे ३० बाट इंग्ल्यान्ड र वेल्समा सुरु हुँदै छ । १० टिम सहभगाी विश्वकपमा भारत उपाधि दाबेदारमध्ये एक हो ।

विश्वकपमा भारतीय ब्याटिङ लाइनअप बलियो बनाउन ‘मास्टर ब्लास्टर’ सचिन तेन्दुलकरले विकेटपिकर ब्याट्सम्यान महेन्द्रसिंह धोनीले ५ नम्बरमा ब्याटिङ गर्नुपर्ने बताएका छन् ।

सिचनले इएसपिएल क्रिकइन्फोसँगको एक अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘मलाई व्यक्तिगत रुपमा के लाग्छ भने धोनीले पाँचौं नम्बरमा ब्याटिङ गर्नुपर्छ । मलाई अहिलेसम्म टिमको लाइनअप कस्तो हुन्छ भन्ने थाहा छैन । तर यदि रोहित–धवन ओपनिङमा र कोहली तेस्रो नम्बरमा आउने हो भने धोनी पाँचौं नम्बरमा एकदम फिट हुन्छन् ।’

यस्तै सचिनले धोनीपछि हार्दिक पाण्ड्या ब्याटिङमा आउनु ठिक हुने बताए । पाण्ड्या विष्फोटक ब्याटिङ गर्ने भएकाले उनका लागि छैठौं नम्बर उपयुक्त हुने तर्क पनि सचिनको छ ।

सचिन भन्छन्, ‘अनुभवी ब्याट्सम्यानले सुरुमा आएर पछिल्लो क्रमका ब्याट्सम्यानलाई खुलेर खेल्ने स्पेस दिन सक्छन् । र, अप्ठ्यारो परेको अवस्थामा धोनीले इनिङ सम्हाल्न पनि सक्छन् ।’ सचिनले चौथो नम्बरमा क्वालिटी ब्याट्सम्यान खेलाउनु उपयुक्त हुने बताएका छन् ।

टेस्ट र एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी सचिन एकदिवसीय विश्वकपमा पनि सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले विश्वकपमा २ हजार २ सय ७८ रन बनाएका छन् ।

भारतमै आयोजना भएको २०११ को विश्वकपमा श्रीलंकालाई पराजित गर्र्दै उपाधि जित्दा सचिन र धोनी दुवै भारतीय टिमका सदस्य थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP