टि–२० विश्वकपमा धोनी बने भातरतीय टिमको मेन्टर

राष्ट्रिय टिमबाट सन्न्यासको घोषणा गरिसकेका विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी आसन्न विश्कपमा पनि भारतीय टिममा रहने भएका छन्।

आगमीउ अक्टोवरमा हुने विश्वकपका लागि भारतले महेन्द्रसिंह धानीलाई मेन्टरको जिम्मेवारी दिएको छ। बिसिसीआईले विश्वकपका लागि १५ सदस्यीय टिमम घोषणा गर्दै धोनीलाई मेन्टरको जिम्मेवारी दिएको हो।

बिसिसीआई खेलाडीहरुको हौसला बढाउनका लागि धोनीलाई विश्वकपका लागि मेन्टरमा नियुक्त गरेको हो। धोनीको कप्तानीमा भारतले आईसिसीका तीनवटै प्रतियोगिता जितेको थियो । सोही अनुभव पनि काम आउने अनुमान बिसिसीआईको छ।

गत वर्षमात्र सन्न्यास लिएमा धोनीकै कप्तानीमा भारतले पहिलो टि२० विश्वकप उपाधि जितेको थियो।

टि२० विश्वकप युएई र ओमानमा १७ अक्टोवरदेखि १४ नोभेम्बरसम्म आयोजना हुने छ। विश्वकमा भारत सुपर १२ को समूह २मा छ । यो समूहमा पाकिस्तान, अफगानिस्तान र न्यजिल्यान्ड छन् । यो समूहमा पहिलो राउण्डको समूह एको उपविजेता र समूह बीको विजेता पनि हुने छन्।

भारतले पाकस्तिानसँग २४ अक्टोबरमा खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ। यस्तै, उसले ३१ अक्टोबरमा न्युजिल्यान्ड, ३ नोभेम्बरमा अफगानिस्तानसँग खेल्ने छ।

Facebook Comments Box