रोहितलाई ओडिआईको कप्तानी दिने तयारी

इंग्ल्यान्ड र वेल्समा संयुक्तमा रुपमा आयोजना भएको १२औं विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डसँग पराजित हुँदै भारत प्रतियोगिताबाट बाहिरिएपछि भारतीय टिमको पक्ष र विपक्षमा विभिन्न टिप्पणी बाहिर आइरहेका छन् ।

कतिपयले भारतीय टिम कप्तान विराट कोहली र रोहित शर्माप्रति अत्यधिक निर्भर रहेको चर्चा गरेका छन् । विश्वकपमा भारतले बनाएको स्कोर हेर्दा कोहली र रोहितमा उ निर्भर रहेको पुष्टी हुन्छ ।

दुवैले विश्वकपमा उत्कृष्ट ब्याटिङ गरेका थिए । रोहितले ५ शतकसहित कुल ६४८ रन बनाएका थिए भने कोहलीले ४४३ रन बनाएका थिए । विश्वकपमा दुवैको उत्कृष्ट प्रदर्शनपछि भारतीय क्रिकेट कंट्रोल बोर्ड (बिसिसीआई)मा कप्तानको विभाजनका बारेमा चर्चा सुरु भएको छ ।

बिसिसीआईका एक अधिकारीले वेस्टइन्डिजविरुद्धको सिरिज अगाडि रोहितलाई एकदिवसीय टिमको कप्तानी दिने र कोहलीलाई टेस्टको कप्तानीका रुपमा निरन्तरता दिने विषयमा छलफल भइरहेको जारनकारी दिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

‘रोहितका लागि एकदिवसीय क्रिकेटको कप्तान बन्ने यो सही समय हो । उनलाई वर्तमान कप्तान र टिम म्यानेजमेन्टको पूर्ण समर्थन छ ।’ ति अधिकारीले भनेका छन्, ‘आगामी विश्वकपका लागि योजना यो उपयुक्त समय हो, यसका लागि अहिलेको विचार र योजनालाई नयाँ शिराबाट हेर्न आवश्यक छ ।’

रोहित एकदिवसीय क्रिकेटको कप्तानीको लागि उपयुक्त विकल्प भएको पनि उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *