एकदिवसीय सिरिजको अन्तिम खेलमा बंगलादेशको जित

Read Time:1 मिनेट

घरेलु टोली जिम्बावेविरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेलमा बंगलादेश विजयी भएको छ। हरारेमा बुधबार भएको अन्तिम खेलमा बंगलादेशले जिम्बाबेलाई १ ०५ रनले हरायो ।

जितका बाबजुद बंगलादेशले तीन खेलको एकदिवसीय सिरिज २–१ले गुमायो । सुरुआती दुई खेल जित्दै जिम्बाबेले यसअघि नै सिरिज जितिसकेको थियो ।

बंगलादेशले दिएको २५७ रनको लक्ष्य पछ्याएको जिम्बावे ३२.२ ओभरमा १५१ रनमा अलआउट भयो। उसका रिचार्ड नागवारवले सर्वाधिक ३४ रन बनाउँदा भिक्टर न्याउचीले २६ रन र क्लिभ मडान्डेदेले २४ रन बनाए।

जिम्बावेलाई सस्तैमा समेट्न बंगलादेशका मुस्ताफिजुर रहमानले सर्वाधिक ४ विकेट लिए। यता, ताइजुल इस्लाम र एबाडोट होसेनले समान २ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ९ विकेट गुमाएर २५६ रन बनाएको थियो। उसका अफिफ होसेनले अविजित रहँदै सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ८१ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

यस्तै अनामुल हकले ७१ बलमा ६ चौका र ४ छक्कासहित ७६ रन बनाउँदा महमुदउल्लाहले ३९ रन बनाए । जिम्बावेका ब्राड इभान्स र लुक जोन्वीले समान २ विकेट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अलबा र बेन्जिमाको गोलमा रियलले जित्यो सुपरकप
Next post वेस्टइन्डिजमाथि न्युजिल्यान्डको जित
Close