टि–२० विश्वकप : बंगलादेशले ओमानलाई हरायो, सुपर १२ पुग्ने आशा कायमै

Read Time:2 Minute

युएई र ओमान संयुक्तरुपमा आयोजना भइरहेको टि–२० विश्वकपको समूह चरणमा बंगलादेश विजयी भएको छ। मंगलबार राति ओमान क्रिकेट एकेडेमीमा भएको खेलमा बंगलादेशले घरेलु टोली ओमानलाई २६ रनले हरायो।

पहिला ब्याटिङ गर्दै बंगलादेशले दिएको १५४ रनको पछ्याएको ओमान निर्धारित ओभरमा ९ विकेट गुमाएर १२७ रनमात्रै बनाउन सक्यो। ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ४० रन बनाए भने कश्यप प्रजापतिले २१ रन जोडे।

ओमानलाई सस्तैमा समेट्न बंगलादेशका मुस्ताफिजुर रहमानले ४ तथा शकिब अल हसनले ३ विकेट लिए भने मोहमद सैफुदिन र मेहदी हसनको नाममा १÷१ विकेट रह्यो।

टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा अलआउट हुँदै १५३ रन बनायो। उसका लागि मोहम्मद नाइमले ६४ रन बनाउँदा शकिब अल हसनले ४२ रन जोडे। ओमानका बिलाल खान र फायज बटले ३÷३ विकेट तथा कालिम उल्लाहले २ विकेट लिए।

जितसँगै बंगलादेशको सुपर १२ पुग्ने सम्भावना जीवितै राखेको छ। समूह बी मा रहेको बंगलादेशले २ खेलमा २ अंक जोडेको छ।

ओमानको यो पहिलो हार हो। पहिलो खेलमा ओमानले पपुवा न्युगिनीलाई हराएको थियो। ओमानले २ खेलमा २ अंक जोडेको छ।

विश्वकपको पहिलो चरणमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी प्रतिस्पर्धा गरिरहेका छन्। पहिलो चरणबाट चार टिम सुपर १२ मा प्रवेश गर्नेछन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post रोमाञ्चक खेलमा लिभरपुलले एट्लेटिको मड्रिडलाई हरायो
Next post ए डिभजिन लिग खेल्न इटालीबाट नेपाल आए विकास, च्यासलमा आबद्ध हुने चर्चा
Close