सडक दुर्घटनामा अफगान क्रिकेटर नजिबको निधन
सडक दुर्घटनामा परी अफानिस्तानका क्रिकेटर नजिब ताराकाइको निधन भएको छ। गत शुक्रबार अफगानिस्तानको नागहरमा सडक दुर्घटनामा परेका नजिबको मंगलबार उपचारका क्रममा निधन भएको हो ।
शुक्रबार बाटो काट्ने क्रममा नजिबलाई कारले ठक्कर दिएको थियो । लगत्तै उनलाई उपचारका लागि अस्पताल लगिएको र उपचारकै क्रममा उनको निधन भएको अफगानिस्तान क्रिकेट बोर्डले जनाएको छ ।
सन् २०१४मा अन्तर्राष्ट्रिय क्रिकेटमा टिममा डेब्यू गरेका ओपनर नजिबले अगानिस्तानका लािग १२ टि–२० आई र १ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । साथै उनले २४ फस्टक्लास, १७ लिस्ट ए र ३३ टि–२० खेल खेलेका छन् ।