नामिबिया र थाइल्यान्डले जिते आईसिसी अवार्ड

नामिबिया र थाइल्यान्डले आईसिसी अवार्ड जितेका छन् । नामिबिया र थाइल्यान्डले आईसीसी डेभलपमेन्ट अवार्डअन्तर्गतको ‘एसोसियट मेम्बर पर्फमेन्स अफ दि इयर’ अवार्ड जितेका हुन् ।

आईसिसीले सोमबार नामिबियालाई पुरुष र थाइल्यान्डलाई महिला ‘पर्फमेन्स अफ दि इयर’ अवार्ड जितेको दिएको हो ।

नामिबियाले पुरुष क्रिकेटमा एशोसियट्मा यो सिजन उत्कृष्ट प्रदर्शन गरेको थियो भने थाइल्यान्डको महिला क्रिकेट टिममले अविश्वसनीय रुपमा महिला टि–२० विश्वकप खेलेको थियो ।

यसैगरी पुरुषको पार्टिसिपेसन प्रोग्राम अफ दि इयर अवार्ड पपुवा न्यूगिनीले जित्दा महिलातर्फको अवार्ड रुवान्डाले जित्यो । यस्तै, क्रिकेट फर गुड इनिसियटिभ अवार्ड जापान क्रिकेटले जित्दा डिजिटल इन्गेजमेन्ट अवार्ड फिनल्याण्डले जितेको छ ।

क्षेत्रीयको पुरुषतर्फ एसियाको मलेसिया, अफ्रिकाको बोत्स्वाना, अमेरिकाको ब्राजिल र युरोपको नेदरल्यान्ड्सले पार्टिसिपेसन प्रोग्राम अफ दि इयर अवार्ड जितेका छन भने महिलातर्फ एसियाको भुटान, अमेरिकाको चिली, एसिया प्यासफिकको इन्डोनेसिया र युरोपको स्कटल्याण्डले पार्टिसिपेसन प्रोग्राम अफ दि इयर अवार्ड पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *