लिग–२को अन्तिम खेलमा नामिबियाले युएईलाई हरायो

Read Time:1 Minute

आइसिसी विश्वकप लिग–२को आफ्नो अन्तिम खेलमा नामिबिया विजयी भएको छ। आफ्नो अन्तिम खेलमा नामिबियाले युएईलाई उसकै मैदानमा ७ विकेटले हरायो।

दुबई क्रिकेट स्टेडियममा युएईले दिएको १६७ रनको सामान्य लक्ष्य नामिबियाले २८.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।

नामिबियाका लागि माइकल भानले ५३ बलमा सर्वाधिक ७१ रन र लोहाड्रि लाउरेन्स ४७ रनको योगदान दिए। युएईका लागि जुनेद सिद्धिकि, नाहोर खान र राहुल भाटीयाले समान १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनायो। उसका कप्तान सिपी रिजवानले १४० बलमा नटआउट ६० रन बनाए। उनले २ चौका मात्र प्रहार गरे।

यस्तै, रोहन मुस्ताफा २५, वृत्य अरबिन्दले १८ रन रन बनाए । युएईलाई सस्तैमा रोक्ने क्रममा नामिबियाका लागि टांगेनी लुकामेनी, बेन सिकोन्गो र कप्तान ग्रहार्ड इरास्मसले समान २ विकेट लिए।

यो जितसँगै नामिबिया सिरिजमा ३९ अंकसहित तेस्रो स्थानमा छ । र, उसको विश्वकप छनोटमा पुग्ने सम्भावना जीवितै छ। यता, युएई २९ अंकका साथ पाँचौं स्थानमा छ। उसको पनि विश्वकप छनोटमा पुग्ने सम्भावना जीवितै छ ।

Happy
Happy
33 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
33 %
Surprise
Surprise
0 %
Previous post फेका कप अन्तरविद्यालय छात्र फुटबलकाे उपाधि ओरियन्टललाई
Next post त्रिभुवन आर्मी भद्रपुर झापा गोल्डकपको फाइनलमा
Close