नेपाल आउने नामिबियाको टिम घोषणा, परेनन् डेविड विस

Read Time:2 Minute

फागुन २ गतेको कीर्तिपुरस्थित टियू मैदानमा हुने आईसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नामिबियाले टिम घोषणा गरेको छ। नामिबिया क्रिकेट बोर्डले शुक्रबार जेरार्ड इरास्मसको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो।

नामिबियाको टिमा स्टार खेलाडी डेविन विस भने छैनन्। दक्षिण अफ्रिकाबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका विस नामिबियाका सबैभन्द अनुभवी खेलाडी हुन्। उनी बल र ब्याट दुवैमा उत्तिकै माहिर छन्।

नामिबियाले नेपाल र स्कटल्यान्डसँग टियू मैदानमा त्रिकोणात्मक सिरिज खेल्ने छ। जसमा नामिबियाले फागुन २ गते नेपाल र फागुन ३ गते स्टकल्यान्डसँग खेल्दा फागुन ६ गते पुनः नेपाल र फागुन ८ गते स्कटल्यान्डसँग खेल्ने छ।

विश्वपक लिग–२मा नामिबिया ३० खेलमा ३६ अंक जोड्दै तेस्रो स्थानम छ भने स्कटल्यान्ड ३२ खेलमा ४६ अंकसहित शीर्ष स्थानमा छ। नेपाल २४ खेलमा १८ अंकसहित छैटौं स्थानमा छ।

नामिबियाको टोली

जोरार्ड इरास्मस (कप्तान), लोहान लोरेन्स, टानगिनी लुङ्गामेनी, जेन ग्रिन, माइकल भान लिन्गेन, जाइ फ्राइलिन्क, बेर्नार्ड स्कोल्ट्ज, हिलाओ ए फ्रेन्च, बेन सिकोन्गो, कार्ल ब्रिकेनस्टोक्स, जोसुवा जुलियस, निकोल लोफ्टी इएटन, रुबेन ट्रम्पलम्यमान, शउन फोउच

Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
33 %
Surprise
Surprise
0 %
Previous post ग्रीनउडले पाए बलात्कार आरोपमा सफाई, युनाइटेडको टिममा समावेश
Next post सन्दीप प्रकरणमा क्यानलाई विश्वप्रकाशको प्रश्न– खेलको नियम पालना गर्नुपर्ने संस्थाले न्यायको नियम पालना गर्नुपर्दैन ?
Close