पाकिस्तानी फास्ट बलर नसिम शाहले विश्वकप गुमाउने खतराब बढेको छ। एसिया कपको सुपर फोर अन्तर्गत भारतविरुद्धको खेलमा दाहिने काँधमा बोकोका उनले भारतमा हुने विश्वकप गुमाउने सम्भावना अधिक रहेको बताइएको छ।
काँधको चोट सुरुमा आशंका गरिएको भन्दा खराब रहेको स्क्यानले पत्ता लगाएपछि अब उनले विश्वकप गुमाउने सम्भावना बढेको छ। उत्कृष्ट फर्ममा रहेका नसिम उपलब्ध नहुँदा पाकिस्तानमाथि दबाब पर्ने छ।
२० वर्षीय नसिमले विश्वकपसँगै डिसेम्बरमा अष्ट्रेलियामा हुने टेस्ट सिरिज र सन्ज २०२४ मा हुने पाकिस्तान सुपर लिग पनि गुमाउन रहेको रहेको बताइएको छ।
तर, पाकिस्तान क्रिकेट बोर्डले नसिमका बारेमा आधिकारिक केही पनि बताएको छैन । केही दिनमा पूर्ण स्क्यानको नतिजा आएपछि आधिकारिक धारण सार्वजनिक हुनेछ।