बंगलादेशले पहिलो पटक जित्यो न्युजिल्यान्डविरुद्धको टि–२० सिरिज

बंगलादेशले न्युजिल्यान्डविरुद्धको टि–२० सिरिजमा ऐतिहासिक जित निकालेकोको छ। पाँच खेलको सिरिज चौथो खेलमा न्युजिल्यान्डमाथि ६ विकेटको जित निकाल्दै बंगलादेशले ऐतिहासिक जित्यो । बंगलादेशले पहिलो पटक न्युजिल्यान्डविरुद्धको टि–२० सिरिज जितेको हो।

ढाकामा चौंथो खेलमा न्युजिल्याण्डविरुद्ध ६ विकेटको जित हासिल गर्दै ऐतिहासिक सिरिज जितेको हो। जितसँगै बंगलादेशले सिरिजमा ३–१ को अग्रता समेत बनाएको छ।

न्यूजिल्यान्डले दिएको ९४ रनको सामान्य लक्ष्य बंगलादेशले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो। बंगलादेशका लागि कप्तान ममुदउल्लाहले अविजित रहँदै सर्वाधिक ४३ रनको योगदान दिए। उनले ४८ बलमा १ चौका र २ छक्का प्रहार गरे। न्युजिल्यान्डका अजाज पलेटले ४ ओभरमा ९ रन दिएर २ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ थालेको न्युजिल्याण्डले १९ ओभर ३ बलमा अलआउट हुँदै ९३ रन बनाएको थियो। न्युजिल्याण्डका लागि विल योङले सर्वाधिक ४६ रन बनाएका थिए। उनले ४८ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै, कप्तान टम लाथमले २१ र फिन एलनले १२ रन बनाए। बंगलादेशका नासुम अहमेद र मुस्ताफिजुर रहमानले समान ४ विकेट लिए।

Facebook Comments Box