राष्ट्रिय टिममा प्रदीप र जितेन्द्रको पुनरामगन, विवेक र लोशक पहिलो पटक टिममा

Read Time:2 Minute

टि–२० विश्वपकको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ। नवनियुक्त मुख्य प्रशिक्षक पुबुदु दासानायकेले प्रधानमन्त्री कप टि–२० किकेछ सकिएको भोलिपल्टै राष्ट्रिय टिमको घोषणा गरेका हुन्।

दासानायकलेले सन्दीप लामिछानको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेका हुन् । टिम पिएम कपमा गरेको प्रदर्शनका आधारमा छनोट गरिएको छ।

पिएम कपमा उत्कृष्ट प्रदर्शन गरेका केही सिनियर र केही युवा खेलाडीले टिममा मौका पाएका छन् । जसमा एपिएफका ओपनर प्रदीप ऐरी र जितेन्द्र मुखियाले लामो समयपछि राष्ट्रिय टिममा पुनरामगन गर्दा युवा खेलाडीद्वय लोकश बम र विवेक यादवले पहिलो पटक टिममा स्थान बनाएका छन्।

प्रधानमन्त्री कपमा चल्न नसकेका राष्ट्रिय टिमका नियमति सदस्य सोमपाल कामी, विनोद भण्डारी टिममा अटाउन असफल भएका छन् ।

विश्वकप छनोटको समूह ‘ए’ अन्तर्गतको ग्लोबल छनोट फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुँदैछ । समूह एमा रहेका िटमलाई पनि २ समूहमा विभाजन गरिएको छ। जसमा नेपाल समूह २मा छ । यो समूहमा नेपालसँगै क्यानडा, ओमान र फिलिपिन्स छन्।

यता, समूह २मा युएइ, बहराइन, आयरल्याण्ड र जर्मनी छन्। दुवै समूहका शीर्ष २ टिम सेमिफाइलनमा पुग्ने छन् । तीमध्ये फाइनल पुग्ने २ टिमले विश्वकप खेल्नेछन्।

नेपाली टिम : सन्दीप लामिछाने, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, आसिफ शेख, कमलसिंह ऐरी, शाहब आलम, अविनाश बोहरा, प्रदिप ऐरी, जितेन्द्र कुमार मुखिया, विवेक यादव, लोकेश बम ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ब्रेन्टफोर्डमाथि युनाइटेडको सहज जित
Next post ज्ञानेन्द्रलाई क्यानको पुरस्कार, फर्ममा नहुँदा पनि टिममा
Close