नेपाल आइपुगे राष्ट्रिय टिमका प्रशिक्षक वाट्मोर

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेभ वाटमोर नेपाल फर्किएका छन्। नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि श्रीलंका फर्किएका वाटमोर सोमबार बिहान नेपाल आएका हुन्।

विश्वकप लिग–२ अन्तर्गतको नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको सिरिज हुने तय भएपछि वाट्मोर नेपाल फर्किएका हुन्। गत वैशाखमा श्रीलंका गएका उनी नेपाल आएपछि अहिले क्वारेन्टिनमा बसेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

वाटमोर यसै वर्ष खुला प्रतिस्पर्धाका आधरमा नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। उनको प्रशिक्षमा नेपालले गत वैशाखको सुरुआतमा घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसिया सम्मिलित टि–२० सिरिज खेलेको थियो।

नेपाल, स्कटल्यान्ड र नामिबिया त्रिकोणात्मक सिरिज आगामी जुलाईमा स्पेनमा हुने छ। यसअघि सिरिजन स्कटल्यान्डमा हुने तय थियो, कोरोना महामारीका कारण आईसिसीले सिरिज स्पेनमा राखेको हो।

सिरिजका नेपाली टिमको तयारी चाँडै सुरु गर्ने योजना क्यानको छ। क्यानले चाँडै खेलाडीलाई काठमाडौं बोलाएर तयारी थाल्ने योजना बनाएको छ।

एकदिवसीय विश्वकप छनोटक रुपमा रहेको विश्वपक लिग–२मा नेपालले एउटा मात्र सिरिज खेलेको छ। नेपालले घरेलु मैदानमा अमेरिका, ओमानसँग खेलेको थियो । जसमा नेपालले २ जितसहित ४ अंक जाडेको नेपाल विश्वपक लिग–२को छैठौं स्थानमा छ। ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा छ भने खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ ।

नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँगको त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधि जितेको हो ।

Facebook Comments Box