टि–२० वरितयामा नेपाल १५औं स्थानमा, इंग्ल्यान्ड शीर्ष स्थानमा

आईसीसीले निकालेको नयाँ टि–२० वरियतामा १५औं स्थानमा यथावत रहेको छ । यसवीच कुनै पनि खेल नभएकाले नेपाल यथास्थानमै रहेको हो।

एसोसियट राष्ट्रमा नेपाल भन्दाअघि स्कटल्याण्ड र युएई छन्। स्कटल्यान्ड १४ र युएई १३औं स्थानमा रहेका छन् । यसअघि नेपाल टि–२० क्रिकेटको ११औं वरियतासम्म पुगेको थियो।

इंग्ल्यान्ड टि–२० वरियताको शीर्ष स्थानमा छ । यस्तै भारत दोस्रो, अष्ट्रेलिया तेस्रो, पाकिस्तान चौंथो र न्युजिल्याण्ड पाँचौ स्थानमा रहेका छन् । यस्तै, दक्षिण अफ्रिका छैठौं, बंगलादेश सातौैं, अफगानिस्तान आठौं, वेस्टइन्डिज नवौं र श्रीलंका १०औं स्थानमा छन्।

ब्याटिङतर्फ इंग्ल्यान्डका डेविड मलान शीर्ष स्थानमा छन् भने अस्ट्रेलियाका आरोच फिन्च दोस्रो र पाकिस्तानका बाबर अजाम तेस्रो स्थानमा छन् । चौथो र पाँचौँ स्थानमा क्रमशः भारतका लोकेश राहुल र विराट कोहली छन् ।

बलिङतर्फ शीर्ष अफगानिस्तानका रसिद खान छन् भने दक्षिण अफ्रिकाका ताब्रिज साम्सी दोस्रो, अफगानिस्तानकै मुजिब उर रहमान तेस्रो, अस्ट्रेलियाका एस्टोन अगन चौथो र इंग्ल्यान्डका अदिल रसिद पाँचौँ स्थानमा छन् ।

यस्तै अलराउन्डरतर्फ शीर्ष पाँचमा क्रमशः अफगानिस्तानका मोहम्मद सामी, बंगलादेशका सकिब अल हसन, अस्ट्रेलियाका ग्लेन म्यास्कटक्सवेल, स्टकल्यानडका रिचर्ड बेरिङ्टन र जिम्बाबेका सेन विलियम्सन छन् ।

टि–२०को ब्याटिङ वरियतामा नेपालका पारस खड्का ७०औं स्थानमा छन्। उनी यसअघि पनि ७०औं स्थामै थिए । बलिङतर्फ सन्दीप लामिछाने बलिङतर्फ ८३औं स्थानमा छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.