यू–१९ एसियाकप : १०६ रनको स्कोर जोगाउँदै भारत बन्यो च्याम्यिन

लो स्कोरिङ म्याचमा बंगलादेशविरुद्ध ५ रनको रोमाञ्चक जित निल्कादै भारतले यू–१९ एसियाकपको उपाधि जितेको छ । भारत एसिया कपको सर्वाधिक सफल टिम हो । उसले ७ पटक उपाधि जितेको छ ।

श्रीलंकामा शनिबार भकाको फाइलनमा भारतले पहिला ब्याटिङ गर्दै १०६ रन मात्र बनाउन सक्यो । तर, जवाफी ब्याटिङ गरेको बंगलादेशले ३३ ओभरमा अलआउट हुँदै १०१ रन मात्र बनाउन सक्यो ।

सुरुवाती ५ ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन नसक्दा बंगलादेशले १०७ झिनो लक्ष्य पनि भेट्टाउन सकेन । उसका सुरुवाती ५ ब्याट्सम्यानले ९ रन मात्र बनाएका थिए । बंगलादेशका लागि कप्तान अकबर अलीले सर्वाधिक २३ रन बनाए भने मृत्युन्जय चौधरीले २१, तन्जिम हसन सकिबले १२ र रकिबुल हसनले ११ रन बनाए ।

झिनो स्कोर पनि डिफेन्ड गर्ने क्रममा भारतीय बलरले कसिलो बलिङ गरे । उसका अथर्व अन्कोलेकरले धातक बलिङ गरे । उनले ८ ओभरमा २ मेडनसहित २८ रन खर्चेर ५ विकेट लिए । यस्तै, आकाश सिंहले ३ तथा विद्याधर पाटिल र सुशान्त मिश्रले समान १ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको भारतको पनि सुरुवात राम्रो भएन । उसले ५.१ ओभरमा ८ रन बनाउँदा ३ विकेट गुमाएको थियो । उसका करण लालले सर्वाधिक ३७ रन बनाए भने तिलक बर्माले ३३ रन र शाश्वत रावतले १९ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

भारतलाई सस्तैमा समेट्ने क्रममा बंगलादेशका मृत्युन्जय चौधरी र समिम हुसैनले समान ३ विकेट लिए भने तन्जिम हसन सकिब र साहिन अलामले समान १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP