नेपाल टि–२० लिगका दुई क्लब विराटनगर र जनकपुरको लोगो सार्वजनिक

Read Time:1 मिनेट

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट लिग नेपाल टि–२० लिगका दुई क्लब विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सले लोगो सार्वजनिक गरेका छन्।

एक कार्यक्रमकाबीच विराटनगर र जनकपुरले टिमको अफिसियल लोगो सार्वजनिक गरेका हुन्। यी दुवै क्लबका मालिक भने भारतीय छन्। विराटनगर डायमण्ड डिजिक्याप प्रालिको स्वामित्वमा छ भने जनकपुर गोल्ड स्पोर्टस प्रालिको स्वामित्वमा छ ।

विराटनगर सुपर किंग्सका मन्दिरा लालभानीले नेपाल टि–२० लिगको एक हिस्सा बन्न पाउँदा खुशी व्यक्त गरे । क्रिकेट आफ्नो डिएनएमै भएको बताउँदै उनले नेपालमा क्रिकेट धेरै चर्चित भएको सुनेको बताए। यस्तै, जनकपुरका मालिक गोविन्द खान्डवालले नेपाल टि–२० लिगको हिस्सा बन्न पाउँदा खुशी लागेको बताए ।

६ टिम सहभागी हुने प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post हाम्रो खेलकुदको वार्षिकोत्सवमा सात खेलाडीलाई सर्वकालीन सम्मान
Next post स्वदेश फर्कियो यू–२० टिम
Close