राजस्थानजमाथि मुम्बई ८ विकेटले विजयी, प्लेअफ सम्भावना कायमै

इन्डियन प्रिमियर लिग (आईपिएल)मा राजस्थान रोयल्सलाई हराउँदै मुम्बई इन्डियन्सले प्लेअफ सम्भावनालाई जीवितै राखेको छ। मंगलबार सारजाहमा भएको खेलमा राजस्थानमाथि ८ विकेटको निकाल्दै मुम्बईले प्लेअफ पुग्ने सम्भावनालाई जीवितै राखेको हो।

जितसँगै १२ अंक जोड्दै मुम्बई पाँचौं स्थानमा उक्लिएको छ। १२ अंक नै जोडेको कोलकाता चौथो स्थानमा छ भने समान १० अंक जोडेका पञ्जाब किंग्स र राजस्थान छैठौं र सातौं स्थानमा छन्।

मुम्बई प्लेअफमा पुग्न अन्तिम खेलमा सनराइजर्स हैदरावादालाई फराकिलो अन्तरमा हराउनु पर्ने छ। तर, फराकिलो अन्तरको जितले मात्र उसको प्लेअफ यात्रा सुरक्षित भने हुने छैन । रनरेट माइनसमा रहेकाले त्यसका लागि कोलकाता नाइटराइडर्स अन्तिम खेलमा राजस्थनासँग झिनोले विजयी वा पराजित हुनु पर्नै छ।

कोलकाता, मुम्बई, पञ्जाब र राजस्थानमध्ये एक टिम चौथो टिमका रुपमा प्लेअफ पुग्नेछ । यसअघि दिल्ली क्यापिटल्स, चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर प्लेअफमा पुगिसकेका छन्।

नाथन कुल्टर नाइल, जिमी निसम र जस्प्रित बुमराहले घातक बलिङ गरेपछि पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो । उसका लागि इभान लेविसले सर्वाधिक २४ रन बनाउाँद डेभिड मिलरले १५ र राहुल तेवातिया र यजस्वी जैसवालले समान १२ रन बनाए ।

राजस्थानलाई सस्तैमा रोक्ने क्रममा मुम्बईका कुल्टर नाइलले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए भने निसमले ४ ओभरमा १२ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै बुमराहले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए।

राजस्थानले दिएको ९१ रनको झिनो लक्ष्य मुम्बईले ८.२ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । उसका लागि इशान किशनले अविजित रहँदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । २५ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे ।

यस्तै कप्तान रोहित शर्माले २२ रन जोड्दा सूर्यकुमार यादवले १३ रन बनाए । राजस्थानका मुस्ताफिजुर रहमान र चेतन साकरियाले समान एक विकेट लिए ।

Facebook Comments Box