नेपालको खराब ब्याटिङ, अमेरिकालाई दियाे १७५ रनको सामान्य लक्ष्य

ओमानमा जारी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकाविरुद्धको दोस्रो खेलमा खराब ब्यटिङ गरेको छ । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई १७५ रनको सामान्य लक्ष्य दिएको छ।

टस हारे पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभरमा अलआउट हुँदै १७४ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक ५५ रन बनाए ।

एकदिवसीय क्रिकेटमा तेस्रो अर्धशतक बनाउने क्रममा मल्ले १०५ बल खेल्दै ३ चौका प्रहार गरे । उनले कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि ५८ रनको साझेदारी गरे भने पाँचौं विकेटका लागि गुल्सन झासँग ५१ रनको साझेदारी गरेका थिए।

नेपालका लािग कुशल भुर्तेलले ३६ रन बनाउँदा डेब्यू खेल गुल्सन झाले २८ रनको योगदान दिए । यस्तै, विनोद भण्डारी १० रनमा आउट हुँदा आफिस सेख ३, कुशल मल्ल डकआउट भए भने सोमपालल कामीले २ रन मात्र बनाउन सके। यस्तै, करण केसीले १२, सन्दीप लामिछानेले ११ र सुशन भारीले २ रन बनाए।

अमेरिकाका कप्तान सौरभ नेत्रवाल्करले ४ विकेट लिए भने डेब्यू खेलाडी कायल फिलिप्स ३ विकट लिए।

Facebook Comments Box