नेपालाई पहिलो झड्का, आसिफ ३ रनमा आउट

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिजका दोस्रो तेस्रो खेलमा अमेरिकाविरुद्ध नेपालले सुरुआतमै विकेट गुमाएको छ। ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले ओपनर आसिफ सेखलाई ३ रनमा गुमाएको हो।

अघिल्लो खेलमा ओमानविरुद्ध ९० रनको कीर्तिमानी पारी खेलेका आसिफ अमेरिकाविरुद्ध ११ बल खेल्दै ३ रनमै आउट भए । उनलाई ओडिआईमा डेब्यू गरिरहेका कायल फिलिप्सले तेस्रो ओभरमा पाँचौं बलमा करिम गोरेबाट क्याच आउट गराए ।

अहिले क्रिजमा कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्ल छन्। ६ ओभर सकिँदा नेपालले २३ रन बनाएको छ।

Facebook Comments Box