
पपुवा न्युगिनीले टस जितेर फिल्डिङ रोज्यो, ब्याटिङमा नेपाल
Read Time:1 मिनेट
त्रिकोणात्मक टि–२० सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनीविरद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पपुवा न्युगिनी फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो ।
शनिबार मलेसियाविरुद्ध खेलको नेपाली टिममा एक खेलाडी परिवर्तन गरिएको छ । प्रशिक्षक पुबुदु दासानायकेले घाइते कमलसिंह ऐरीको स्थानमा सोमपाल कामी टोलीमा राखेका छन्।
नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो भने पपुवा न्युगिनी ४ मध्ये १ खेल मात्र जित्दै रनरेटमा मलेसियालाई पछि पार्दै फाइलन पुगेको हो।
नेपाली टिम : सन्दीप लामिछानने, कुशल भुर्तेल, आसिफ सेख, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, आरिफ सेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, दिलिप नाथ, अविनाश बोहरा ।