आसिफको आकर्षक अर्धशतक, मालेसियामाथि नेपालको ६ विकेटको जित

Read Time:2 Minute

त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपालले मलेसियाविरुद्ध ६ विकेटको सहज जित निकलोको छ। बुधबार टियु मैदानमा मलेसियाले दिएको ११५ रनको सामान्य लक्ष्य नेपालले १३.४ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो ।

नेपालको सहज जितमा ओपनर आसिफ सेखले अर्धशतकीय योगदान दिए । उनले ३८ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५७ रन बनाए। यस्तै, दीपेन्द्रसिंह ऐरीले १७ बलमा २१ रन बनाउँदा टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका दिलिप नाथले ७ बलमा ३ चौका प्रहार गर्दै १५ रन बनाए।

मलेसियाका पवनदीप सिंहले २ तथा मुहम्मद अमीर र सेयद अजिजले समान १ विकेट लिए।

यसअघि टियु मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो। उसका लागि जुबाइदी जुल्कीफ्लेले १५ बलमा सार्वधिक ३२ रन बनाउँदा कप्तान अहमद फइजले २४ र मुहम्मद अमीरले १६ रन बनाए।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालकाकप्तान सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए। करणले ३ ओभरमा १६ रन खर्चिए भने सन्दीपले २७ रन खर्चिए । यस्तै, अविनाश बोहरा, कशुल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

सिरिजमा लागतार दोस्रो जित निकालेको नेपाल फाइलन नजिक छ । ४ अंकसहित नेपाल शीर्ष स्थानमा छ। पहिलो नेपालले पपुवा न्युगिनीमाथि १५ रनको जित निकालेको थियो। मलेसियाले पनि पहिलोल खेलमा पपुवा न्युगिनीलाई नै हराएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मलेसियाविरुद्ध नेपालको उतकृष्ट बलिङ, नेपाललाई ११५ रनको सामान्य लक्ष्य
Next post डिबालाकी आमा भन्छिन्– डिबाला पनि नेपाल आउन चाहन्छन्
Close