दीपेन्द्र चम्किँदा ओमानविरुद्ध नेपलाको सानदार जित

Read Time:2 मिनेट

दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि चारदेसीय टि–२० सिरिजको पहिलो खेलमा नेपालले सानदार जित निकलोको छ। ऐरीले नटआउट ७३ रनको पारी खेलेपछि नेपालले ओमानमाथि ६ विकेटको जित निकाल्यो।

१३६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। नेपालका लागि दीपेन्द्रले ५३ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ७३ रन बनाए । यस्तै, आसिफ सेखले २० बलमा २५ रनको योगदान दिए ।

यी दुईले चौथो विकेटका लागि ४५ रनको साझेदारी गर्दै नेपालको जितका आधार तय गरेका थिए । यस्तै आसिफ सेखले १४ र ज्ञानेन्द्र मल्लले १३ रनको योगदान दिए । ओमानका कलिमुल्लाहले २ तथा खवार अलीले १ विकेट लिए।

यसअघि ओमनस्थित अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ६ विकेट गुमाउादै १३५ रन बनायो । उसका लागि कप्तान जिसन मक्सुदले सर्वाधिक ४३ रन बनाए । नटआउट रहेका उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

यस्तै, मोहम्मद नदिमले ३० बलमा ३१ रन बनाउँदा जतिन्दर सिंहले १३ र कश्यप प्रजापति, शोइब खान र आयान खानले समान ११ रनको योगदान दिए ।

ओमानलाई मध्यम स्कोरमा रोक्ने क्रममा नेपालका अभिनाश बोहराले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए भने कमलसिंह ऐरी, सन्दीप लामिछाने र आरिफ सेखले समान १ विकेट लिए।

यही खेलमार्फत सन्दीप लामिछाने, विकेक यादव र सागर ढकालले डेब्यू गरे । सन्दीपले कप्तानका रुपमा राष्ट्रिय टिममा डेब्यू गर्दा विकेक र सागरले टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका हुन्।

आसन्न टि–२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाल, ओमानसँगै युएई र आयरल्यान्डबीचको चारदेशीय सिरिज आयोजना गरिएको हो । सिरिजअन्तर्गत नेपालले दोसो खेल युएईसँग शनिबार खेल्नेछ भने अन्तिम खेल सोमबार आयरल्यान्डसँग खेल्नेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post अभिनाश चम्किँदा ओमानविरूद्ध नेपाललाई मध्यम लक्ष्य
Next post सुमन अर्यालको गोलमा हारबाट जोगियो आर्मी, बराबरीसँगै उपाधि होडबाट टाढियो
Close