
कुशल र गुल्सन चम्किँदा पपुवा न्युगिनीमाथि नेपालको जित
आईसिसी विश्वकप लिग–२ अन्गर्तत युएईमा जारी त्रिकोणात्मक सिरिजमा नेपाल विजयी भएको छ । सोमबार युएईमा भएको खेलमा नेपालले पपुवा न्युगिनीमाथि ४ विकेटको जित निकाल्योे।
लिग–२मा नेपालको यो लगातार पाचौं जित हो। यसअघि नेपालले टियू मैदानमा भएको स्कटल्यान्ड र नामिबियाविरुद्धको सिरिजमा चारै खेल जितेको थियो।
२०४ रनको लक्ष्य पछ्याएको नेपाललाई जित दिलाउन कुशल भुर्तेल र गुल्सन झाले उत्कृष्ट प्रदर्शन गरे। कुलशले अर्धशतक बनाए भने गुल्सनले बलिङमा तीन विकेट लिए।
आसिफसँग उत्कृग ओपनिङ साझेदारी गरेका कुशलले ६९ बलमा ५ चौका प्रहार गर्दैै ५६ रन बनाए। यस्तै, आसिफले ३९ बलमा ५ चौका प्रहार गर्दै ४४ रन बनाए। यी दुई पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए।
यस्तै, आसिरफ सेखले ३३ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले २२ र कप्तान रोहितकुमार पौडेलले २० रनको योगदान दिए। पिएनजीका असद भालाले ३ नर्मन भानुआ र सेसे बाउले समान १ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्यटिङ गरेको पपुवा न्युगिनीले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २०३ रनमात्रै बनाउन सक्यो।
सुरुआतदेखि नै नेपाली बलरले पपुवा न्युगिनीलाई दबाबमा राखेका थिए। तर, इनिङको अन्त्यतिर नर्मन भानुवाले उत्कृष्ट ब्याटिङ गरेपछि पिएनजीले २ सय रनको आँकडा पार गरेको हो।
पपुवा न्युगिनीका लागि चाड सुपरले सर्वाधिक रन बनाए । यस्तै, कप्तान अदल भालाले ५३ बलमा ३६ रन बनाउँदा किप्लिन डोरिगाले २९ र नर्मन भानुआले १५ बलमा २५ रनको योगदान दिए।
नेपालका लागि गुल्सन झाले सर्वाधिक ३ विकेट लिए। उनले ९ ओभरमा २८ रन खर्चिए। यस्तै, कुशल मल्लले २ तथा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले समान १ विकेट लिए।