लगातार तेस्रो जितसँगै नेपाल फाइनलमा, पिनएजीविरुद्धको जितमा दीपेन्द्र र करण बने हिरो

Read Time:4 Minute

टियु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजका तेस्रो खेलमा नेपालले सानदार जित निकालेको छ। ब्याटिङमा दीपेन्द्रसिंह ऐरी र बलिङमा करण केसी चम्किएपछि नेपालले पपुवा न्युगिनीमाथि ३७ रनको जित निकाल्यो।

पहिला ब्याटिङ गर्दैृ नेपालले दिएको २०४ रनको विशाल लक्ष्य पछ्याएको पपुवा न्युगिनीले १९.४ ओभरमा अलआउट हुँदै १६६ रन मात्र बनाउन सक्यो । पपुवा न्युगिनीका लागि चार्लस अमिनीले अर्धशतकीय इनिङ खेले । उनले ४७ बलमा ९ चौका प्रहार गदैृ ६२ रन बनाए।

यस्तै, टोनी उराले २२ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाए । १३ रन बनाउँदै दुवै ओपनरलाई गुमाएको पुपुवा न्युगिनीको इनिङलाई अमिनी र उराले उकासेका थिए । यी दुई तेस्रो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए। यस्तै, सेसे बाउले १७ बलमा २५ रन बनाए।

करणको ह्याट्रिक

जारी त्रिकोणात्मक सिरिजका नेपाली फास्ट बलर करण केसीले उत्कृष्ट बलिङ गरिरहेका छन्। बुधबार टियु मैदानमा भएको खेलमा पपुवा न्युगिनीविरुद्ध पनि करणले सोही लयलाई निरन्तरता दिए ।

पिएनजीविरुद्ध करणले ह्याटिङकसहित ५ विकेट लिए । करणले अन्तिम ओभरको दोस्रो, तेस्रो र चौथो बलमार विकेट लिँदै प्रतियोगिताको दोस्रो ह्याट्रिक पुरा गरे। दोस्रो ह्याट्रिक लिने क्रममा उनले अन्तिम ओभरको दोस्रो बलमा चाड सुपर, तेस्रो बलमा सिमोन अताइ र चौथो बलमा नोसाइन पोकानालाई पभेलियन फर्काएका थिए।

यसअघि करणले मंगलबार भएको मलेसियाविरुद्धको खेलमा पनि ह्याट्रिक लिएका थिए । पपुवा न्युगिनीविरुद्धको पहिलो खेलको आफ्नो अन्तिम ओभरको अन्तिम २ बल विकेट लिएका उनले मलेसियाविरुद्धको खेलको पहिलो बलमै विकेट लिँदै उनले ह्याट्रिक दिलएका थिए।

करणले ३.४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । करणसँगै सोमपला कामी र अविनाश बोहराले पनि समान २ विकेट लिए।

दीपेन्द्रको अर्धशतक

टस जितेर पिएनजीले बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको नेपालले दीपेन्द्रसिंह ऐरीको विस्फोटक इनिङको मद्दतमा निर्धारित ओभरमा ७ विकेटको क्षतिमा २०३ रनको विशाल योगफल बनायो।

विस्फोटक ब्याटिङ गरेका दीपेन्दले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दैै सर्वाधिक ६६ रन बनाए । यस्तै, रोहितकुमार पौडेलले २३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दैै ४१ रन बनाउँदा आसिफ सेखले २९ बलमा ३८ रनको योगदान दिए ।

यस्तै, राष्ट्रिय टिमा डेब्यू गरेका युवा अलरान्डर अदिल आलमले ११ बलमा १ चौका ३ छक्का प्रहार गर्दै ३१ रनको विस्फोटक पारी खेले। पपुवा न्युगिनीका कावुवा मोरेआले ३ तथा रिले हेकुरले २ विकेट लिए।

लगातार तेस्रो जितसँगै नेपाल फाइलनमा

त्रिकोणात्मक सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनल पुगेको छ। पहिलो खेलमा पपुवा न्युगिनीलाई १५ रनले हराएको नेपालले दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । नेपाल ६ अंकसहित शीर्ष स्थानमा रहँदा १ खेल जितेको मलेसिया दोस्रो र तीनै खेल हारेको पपुवा न्युगिनी पुछारमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post दीपेन्द्र र अदिलको विस्फोटक ब्याटिङमा नेपालले पिएनजीलाई दियो २०४ रनको विशाल लक्ष्य
Next post अल्मुताइरीले बन्द प्रशिक्षणमा बोलाए २४ खेलाडी, नवयुग र विकासकाे पुनरागमन
Close