आसिफको शतकमा पिएनजीमाथि नेपालको जित, विश्वकप छनोट खेल्ने सम्भावना जीवितै

Read Time:3 Minute

आईसिसी विश्वकप लिग–२को अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ। बिहीबार कीर्तिपुरस्थित टियू मैदानम भएको खेलमा नेपालले पपुवा न्युगिनीमाथि ५२ रनको जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको २९७ रनको लक्ष्य पछ्याएको पिएनजी ४७.१ ओभरमा २४५ रनमै अलआउट भयो। पपुवा न्युगिनीका लागि टोनी उरा र नर्मन भानुआले अर्धशतकीय योगदान दिए।

विस्फोटक ब्याटिङ गरेका भानुआले ५५ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ६० रन बनाए। उराले ३३ बलमा ९ चौका प्रहार गर्दै ५० रन बनाए।

यस्तै, कप्तान असद भालाले ५३ बलमा समान २ चौका र २ छक्का प्रहार गर्दै ४२ रन बनाए भने किप्लिन डोरिगाले २६ र रिलेइ हेकुरेले १७ बलमा २० रन बनाए।

नेपालका लािग सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभरमा १ मेडनसहित ३७ रन खर्चिए। यस्तै, दीपेन्द्रसिंह ऐरीले २ र कुशल मल्लले १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ओपनर आसिफ सेखको मेडन शतक मद्दतमा नेपालले एकदिवसीय क्रिकेटमा आफ्नो उच्च स्कोर बनाये । नेपालले ४९.१ ओभरमा अलआउट हुँदै २९७ बनायो । यो नेपालको एकदिवसीयको सर्वाधिक रन हो। यसअघि नेपालले गत महिना कीर्तिपुरमै नामिबियाविरुद्ध १८७ रन बनाएको थियो।

नेपाका लागि आसिफ १०१ बलमा आफ्नो पहिलो शतक पुरा गरेका थिए। सेमो कामेइको बलमा आउट हुनुअघि उनले ११० बलमा १२ चौका र २ छक्का प्रहार गर्दै ११० रन बनाए। यस्तै, कुशल मल्ले ५६ बलमा ४५ रन बनाए।

यी दुईले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेपछि नेपालले उत्कृष्ट सुरुआत गरेको थियो । तर, मिडल अर्डर चल्न नसक्दा नेपाले ३ सय रन बनाउन सकेन। यस्तै, भीम साकीले ३८ रनमा ४४ रन बनाए भने रोहित पौडेलले ३९ बलमा ३० रन बनाए।

पपुवा न्युगिनीका लागि कामेइले ९.१ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए भने रिलेइ हेकुरेले ३ तथा एलेइ नाओले १ विकेट लिए।

यो जितसँगै एकदिवसीय विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना कामयै छ। सिरिजका बाँकी तीन खेलमा जित निकाल्न सके नेपाल लिग–२मा तेस्रो हुँदै एकदिवसीय विश्वकप छनोटमा पुग्ने छ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आसिफको शतकमा नेपालले बनायाे ओडिआईमा सर्वाधिक रन
Next post डिफेन्डिङ च्याम्पियन मछिन्द्रको लागतार दोस्रो हार, आर्मीको जित
Close