टि–२० सिरिजमा नेपालले पपुवा न्युगिनी १५ रनले हरायो

Read Time:3 मिनेट

टियू मैदानमा जारी टि–२० क्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ। सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनीमाथि १५ रनको जित निकाल्यो ।

टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पुपुवा न्युगिनीले १९.२ ओभरमा अल आउट हुँदै १६८ रन मात्र बनाउन सक्यो ।

उसका लागि नोर्मन भानुआले अर्धशकीय योगदान दिए । उनले २९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै, सेसे बाउले ३० तथा चालर्सल अमिनीले २२ र लेगा सिअकाले २१ रन बनाए।

नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए । सन्दीपलले ४ ओभरमा २२ रन खर्चँदा करणले ४४ रन खर्चिए । यस्तै, अविनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए भने सोमपाल कामीले १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले गरेको नेपाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १८३ रन बनायो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाए । उनले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

यस्तै, रोहित पौडेलले २६ बलमा ३५ रन बनाउँदा आरिफ सेखले २२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३१ रन बनाए । कुशल भुर्तेलले ११ बलमा २० रन बनाउँदा करण केसीले ७ बलमा १४ रन बनाए ।

कुशलको विश्व कीर्तिमान

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल मल्ले टि–२० अन्तर्राष्ट्रिय विश्व कीर्तिमान बनाएका छन्। टियू मैदानमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा पपुवा न्युगिनीसँग २ रन बनाएसँगै कुशलले विश्व कीर्तिमान बनाएका हुन्।

कुशल टि–२० अन्तर्राष्ट्रियमा सार्वधिक छिटो ५ सय रन बनाउने खेलाडी बनेका छन्। उनले १२ खेलमा यो ५ सय रन बनाउँदै यो उपलब्धि हाँसिल गरेका हुन्।

यसक्रममा कुशलले भारतीय ओपनर केएल राहुललाई पछि पारे । राहुलले १३ खेलमा टि–२० क्रिकेटमा ५ सय रन पुरा गरेका थिए। कुल ५१८ रन बनाएका उनले ५ अर्धशतक र १ शतक प्रहार गरेका छन् । गत वर्ष टियू मैदानमै भएको नेदरल्यान्डस र मलेसियाविरुद्धको त्रिकोणात्मक सिरिजमार्फत कशुलले टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए ।

पपुवा न्युगिनीका अलेइ नाओ, चाड सुपर र चार्लस अमिनीले समान २ विकट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post केएल राहुललाई पछि पर्दौ कुशलले बनाए विश्व कीर्तिमान
Next post राष्ट्रिय महिला लिगमा पुलिसमाथि एपिएफको जित
Close