रोहितको कप्तानी पारी, स्कटल्यान्डमाथि नेपालको कीर्तिमान जित

Read Time:3 Minute

रोहितकुमार पौडेलले कप्तानी पारी खेलेपछि आईसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजका अन्तिम खेलमा नेपाल विजयी भएको छ। स्कटल्यानडले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले रोहितको नटआउट ९५ रन मद्दतमा २ विकेटको जित निकाल्यो।

११४ रन बनाउँदा ७ विकेट गुमाउँदै खराब अवस्थामा रहेको नेपाललका लागि नवौं विकेटका लागि कप्तान रोहित र करण केसीले ७५ रनको साझेदारी गरेपछि नेपालको जित सम्भव भयो।

सर्वाधिक ९५ रन बनाएका रोहितले १०१ बलमा ७ चौका र ४ छक्का प्रहार गरे भने करणले ३७ बलमा २ चौका र १ छक्का मद्दतमा ३१ रन बनाए। यस्तै ज्ञानेन्द्र मल्लले २१, कुशल मल्लले १७ र आसिफ सेखले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

स्कटल्यान्डका मार्क वाटले ३ तथा क्रिस ग्रावेसले २ विकेट लिए।

त्यसअघि सन्दीप लामिछानेले घातक बलिङ गरेपछि पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ४६.१ ओभरमा २१२ रनमै अलआउट भयो ।

स्कटल्यान्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाए । उनले ५० बल खेल्दे ९ चौका र २ छक्का प्रहार गरे । म्याथ्यु क्रसले ४२ र ब्रान्डन म्याकुलेनले ३१ रन जोडे । काएल कोएत्जर र क्रिस म्याब्राइजले समान २२ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा ४५ रन खर्चिए । यस्तै, करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिँदा ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए।

यो जितसँगै नेपालले त्रिकोणात्मक सिरिजका चारै खेल जित्दै लिग २को सिरिजमा घरेलु मैदानमा सबैखेल जित्ने नयाँ कीर्तिमान बनायो। कीर्र्तिपुरस्थित टियू मैदानमा भएको सिरिजमा स्टकल्यान्डले २ खेल जित्दा नामिबिया जित बिहीन भयो।

यो सिरिजका चारै खेल जितेपछि नेपाल लिग २ को शीर्ष ३मा रहँदै सिधै एकदिवसीय विश्वकप छनोटमा पुग्ने सम्भावना पनि जिवितै छ। सिरिजमा २८ खेल खेलेको नेपाल २६ अंकसहित छैठौं स्थानमा छ। अब नेपालले २ वटा सिरिज खेल्न बाँकी छ।

यता, यो सिरिजसँगै स्कटल्यान्डले विश्वकप लिग २ को उपाधि जितेको छ। यो सिजनको पहिलो खेलमा नामिबियालाई हराएसँगै स्कटल्यान्ड विजेता बन्ने पक्का भएको थियो। उसलााई आजै ट्रफी हस्तान्तरण गरिनेछ।

Happy
Happy
75 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
25 %
Previous post सन्दीप चम्किँदा स्कटल्यान्डले दियो नेपाललाई २१३ रनको लक्ष्य
Next post केपी ओली कपको ट्रफी अनावरण
Close