
भीम र दीपेन्द्र चम्किँदा युएईमाथि नेपालको जित, विश्वकप छनोटमा पुग्ने सम्भावना कायमै
युएईमा भएको आईसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। सोमबार दुबई इन्टरनेशनल क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईमाथि ४२ रनको जित निकाल्यो।
यो जितसँगै यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको छनोटमा पुग्ने नेपालको सम्भावना कायमै छ। अब घरेलु मैदानमा हुने लिग–२को अन्तिम सिरिजका चारै खेल जिते नेपाल जिम्बाबेमा हुने छनोटमा प्रतियोगिता पुग्ने छ।
यो हारसँगै युएईको भने लिग–२मा तेस्रो हुँदै सिधै विश्वकप छनोटमा पुग्ने सम्भावना भने सकिएको छ। अब उसको धेय एकदिवसीय मान्यता जोगाउनु हुनेछ ।
पहिला ब्याटिङ गर्दै नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको युएईले ४५ ओभरमा अलआउट हुँदै १८७ रन मात्र बनाउन सक्यो।
उसका लागि आफिस खान र आर्यन लाकराले अर्धशतकीय योगदान दिए। आफिसले ११५ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ८२ रन बनाए। लाकराले ७८ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाए।
यी दुईले दोस्रो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए। लाकरा र आसिफबाट अन्य ब्याट्सम्यानले गतिलो योगदान गर्न सकेनन्।
युएईलाई सस्तैमा रोक्ने क्रममा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले उत्कृष्ट बलिङ गरे। दीपेन्द्रले ८ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए भने सोमपालले ७ ओभरमा १ मेडनसहित २६ रन खर्चेर ३ विकेट लिए। यस्तै, करण केसी, सन्दीप लामिछाने र आसिफले समान १ विकेट लिए।
त्यसअघि युवा ब्याट्सम्यान भीम सार्कीको मेडन अर्धशक मद्दतमा नेपालले ८ विकेटको क्षतिमा २२९ रन बनायो।
पाचौं एकदिवसीय खेलिरहेका भीमले भीमले युएईविरुद्ध ७८ बलमा ५ चौका प्रहार गर्दै अर्धशतक बनाए । भीमले रोहन मुस्तफाको बलमा बोल्ड हुनुअघि ९९ बलमा ७ चौका प्रहार गर्दै ७० रन बनाए।
युएईविरुद्ध पहिला ब्याटिङ गरेको नेपालले लागतार विकेट गुमाइरहेका बेला भीमले सम्हालिएको पारी खेल्दै नेपाली इनिङ सम्हालिरहेका छन्। भीमले सन्दीप लामिछाने र आसिफ सेख महत्वपूर्ण साझेदारी गरे।
उनले छैठौं विकेटका लागि सन्दीपसँग ५६ रनको साझोदरी गरे भने सातौं विकेटका लागि आरिफसँग पनि ५६ रनकै साझेदारी गरे।
यस्तै, नेपालका लागि आसिफ सेखले नटआउट ४३ रन बनाए। उनले ५६ बलमा २ चौका र १ छक्का प्रहार गरे। यस्तै, कशुल मल्लले ३२ बलमा ३२ रन बनाउँदा सनदीपले ४० बलमा २७ रन बनाए । यस्तै करण केसीले १७ र प्रतिश जिसीले ११ रन बनाए।
युएईका जुनैद सिद्दिकी ३ विकेट लिए भने आयन लाकरा र रोहन मुस्तफाले समान २ विकेट लिए।